काठमाडौँ — ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । वानखेडे स्टेडियमबाहिर यतिबेला नेपाली समर्थकको घुइँचो लागेको छ ।
यसअघि इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा भन्दा आज बढी नेपाली दर्शक देखिएका छन् । अधिकांश समर्थकले नेपाली जर्सी लगाएका छन् । धेरैको अनुहारमा नेपाली झन्डा पोतिएको छ । दर्शक स्टेडियममा प्रवेशको क्रम पनि सुरु भइसकेको छ ।