मतदान केन्द्रमा पुग्दै छन् मतपेटिका [तस्बिरहरू]

कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले फागुन २१ मा हुने निर्वाचनका लागि मतपेटिका पठाउन थालेको हो ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Ballot boxes arriving at the polling station [Photos]

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन थालिएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले फागुन २१ मा हुने निर्वाचनका लागि मतपेटिका पठाउन थालेको हो ।

Ballot boxes arriving at the polling station [Photos]

यस्तै, निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले मतपत्र छापिरहेको हो ।अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम सक्ने केन्द्रको भनाइ छ ।

Ballot boxes arriving at the polling station [Photos]

२ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न भइसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्ने केन्द्रको तयारी छ । समानुपातिकतर्फको मतपत्र पनि माघ २५-२६ देखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १-२ गतेसम्म जिल्लामा ढुवानी हुने केन्द्रले जनाएको छ ।

Ballot boxes arriving at the polling station [Photos]
Ballot boxes arriving at the polling station [Photos]
Ballot boxes arriving at the polling station [Photos]
Ballot boxes arriving at the polling station [Photos]
Ballot boxes arriving at the polling station [Photos]
Ballot boxes arriving at the polling station [Photos]
तस्बिर : प्रदीपराज वन्त/निर्वाचन आयाेग
तस्बिर : प्रदीपराज वन्त/निर्वाचन आयाेग

कान्तिपुर

Link copied successfully