राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य)को उपाधि प्रदान गरेका छन् ।
लुम्बिनी — थाई राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजाआजा गरेकी छिन् । भारतबाट स्थल मार्ग हुँदै दुई दिनका लागि लुम्बिनी आएकी उनी लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीद्वारा आयोजित विशेष पूजामा सहभागी भइन् । शुक्रबारै उनी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत बैंकक प्रस्थान गरेकी छिन् ।
सिनेनाथ बिलासकल्यानीले शुक्रबार बिहान लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरिन् । त्यसपछि मन्दिर दक्षिणमा रहेको पुष्करणी पोखरी परिक्रमा गरेर विश्व शान्ति, सद्भाव, करुणामैत्रीको आधा घण्टा परित्राण पाठ गरिन् । उनलाई भारत र नेपालका लागि थाई धर्मदूत फ्रा थम्म बोधीओङले पूजापाठ गराएका थिए ।
त्यसपछि थाई राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भमा पूजा गरिन् । उनले मायादेवी मन्दिरमा विभिन्न मुलुकका भिक्षु भिक्षुणीसँग भेटघाट गरिन् । करिब दुई घण्टा मायादेवी मन्दिरमा बिताएकी उनले यहाँ ध्यान र प्रार्थना गरेकी थिइन् ।
८ वर्षअघि थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन्धोर्नले लुम्बिनी भ्रमण गरेपछि बिस्तारै थाई पर्यटकको लुम्बिनी आगमन बढेको थियो । लुम्बिनीमा थाई राजपरिवारबाट भएको यो चौथो भ्रमण हो । उनी बौद्ध धर्मावलम्बीको चारधाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरी लुम्बिनी आएकी थिइन् । ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी उनी जनवरी २१ तारिखमा चार्टर्ड विमानद्वारा भारत पुगेकी थिइन् । राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य)को उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।
![Thai royal family member Bilas Kalyani in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rajkumarimanoj-photo13-3012026031141-1000x0.jpg&w=1001&h=0)
![Thai royal family member Bilas Kalyani in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rajkumarimanoj-photo21-3012026031524-1000x0.jpg&w=1001&h=0)
![Thai royal family member Bilas Kalyani in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rajkumarimanoj-photo20-3012026031513-1000x0.jpg&w=1001&h=0)
![Thai royal family member Bilas Kalyani in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rajkumarimanoj-photo16-3012026031449-1000x0.jpg&w=1001&h=0)