हिमपातपछि हिमाली भेगका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने बस्तीहरु सेताम्मे देखिएका छन् ।
काठमाडौँ — देशभरका हिमाली र उच्च हिमाली भेगमा बुधबार पुन: हिमपात भएको छ ।
हिमपातपछि हिमाली भेगका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने बस्तीहरु सेताम्मे देखिएका छन् । यसअघि केही दिनअघि मात्रै पनि हिमपात भएको थियो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताए । हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यो झण्डै भारी वर्षाको नजिक हो । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ ।
![Snowfall again in the Himalayan region [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lbdolpa-1000058784-2812026033044-1000x0.jpg&w=1001&h=0)
![Snowfall again in the Himalayan region [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lbdolpa-1000058782-2812026033032-1000x0.jpg&w=1001&h=0)
![Snowfall again in the Himalayan region [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/lbdolpa-1000058787-2812026033107-1000x0.jpg&w=1001&h=0)