प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएका उम्मेदवालाई लिखित परीक्षामा सहभागी गराइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
गोरखा — फागुन २१ म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना अन्तर्गत बुधबार लिखित परीक्षा भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिएकाहरूको गोरखा–१० छेवेटारस्थित खेलकुद मैदानमा भएको लिखित परीक्षामा सहभागी बनेका हुन् ।
प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएका उम्मेदवाहरूलाई लिखित परीक्षामा सहभागी गराइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । गोरखामा म्यादी प्रहरीका लागि १९ सय ६४ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय पालुङटार र ठाँटीपोखरी तथा सशस्त्र प्रहरी बल नं २९ गुल्मबाट दरखास्त आह्वान भएको थियो । पुस २५ देखि माघ ३ गतेसम्म ५ सय ३ महिला र १ हजार ४ सय ६१ पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । अहिले निर्वाचन प्रहरी छनोट कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए । निर्वाचन प्रहरी भर्ना अन्तर्गत बिहीबार मौखिक परीक्षा लिइनेछ ।
निर्वाचन प्रहरीका लागि भने गोरखामा कोटा भन्दा कम आवेदन परेको थियो । २ हजार २ सय ८३ निर्वाचन प्रहरी आवश्यक रहेकामा १ हजार ९ सय ६४ जनाले मात्र आवेदन दिएका छन् । गोरखामा नेपाल प्रहरीतर्फ २ हजार २ सय ४ तथा सशस्त्र प्रहरी तर्फ ७९ जनाको लागि दरखास्त आह्वान भएको थियो । कोटा भन्दा ३ सय १९ कम आवेदन परेको छ ।
![Election police conducting exams [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/nirbachan-paharai-pic-1-2112026012623-1000x0.jpg&w=1001&h=0)
![Election police conducting exams [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pic-4-2112026012650-1000x0.jpg&w=1001&h=0)
![Election police conducting exams [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/pic-3-2112026012648-1000x0.jpg&w=1001&h=0)
![Election police conducting exams [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/nirbahcan-prahari-pic-7-2112026012645-1000x0.jpg&w=1001&h=0)