आठौं बुद्धभूमि माघी महोत्सव सुरु [तस्बिरहरू]

माघी महोत्सवको पहिलो दिन झुमरा, झर्रा, लाठी नाच र झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ ।

पुस २९, २०८२

मनोज पौडेल

The 8th Buddhabhumi Maghi Festival begins [Photos]

कपिलवस्तु ‍‍ — बुद्धभूमि नगरपालिका–४ स्थित बुढ्डीमा आठौं बुद्धभूमि माघी (खिचडी) महोत्सव मंगलबारबाट सुरु भएको छ ।

The 8th Buddhabhumi Maghi Festival begins [Photos]

थारु सांस्कृतिक संरक्षण समितिको समन्वयमा थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिद्वारा पुस २९ गतेदेखि माघ १ सम्म आयोजित महोत्सवमा पहिलो दिन झुमरा, झर्रा, लाठी नाच र झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

The 8th Buddhabhumi Maghi Festival begins [Photos]

महोत्सवमा थारु खानाका परिकार, कला संस्कृति र झाकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष पवन चौधरीले बताए ।

The 8th Buddhabhumi Maghi Festival begins [Photos]

पछिल्ला वर्षमा माघी पर्वमा आधुनिक गीत संगीतले प्रश्रय पाउँदै आएकामा यस पटक भने पुरै थारु मौलिक, कला र संस्कृतिलाई मात्र प्रस्तुत गरिने बुद्धभूमि नगरपालिका-४ का अध्यक्ष सुनिलकुमार चौधरीले बताए । महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्रामप्रसाद चौधरीले गरेका थिए ।

Link copied successfully