काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको छ ।
काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको र्याली सुरु भएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको छ ।
यता भृकुटिमण्डपमा प्रतिनिधिहरुको नाम दर्ता भइरहेको छ । उद्घाटनसत्र दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो ।
![Congress takes out rally before inauguration of special general convention [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/congress-9-1112026073043-1000x0.jpg&w=1001&h=0)
![Congress takes out rally before inauguration of special general convention [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/61030900514320142650239644263052545974665372n-1112026070303-1000x0.jpg&w=1001&h=0)