पाँचथरको फिदिम नगरपालिका–४ गढी क्षेत्रमा विभिन्न जातजाति र भाषाभाषीको मौलिक संस्कृति, पहिरन र भेषभूषा जगेर्ना गर्ने उद्देश्यले चासोक मेला लगाइएको आयोजकको भनाइ छ ।
पाँचथर — ज्येष्ठ नागरिकदेखि प्रौढ, किशोर–किशोरी अनि बालबालिकासम्म मौलिक पहिरनमा सजिएर आँउछन् । परिसरमा च्याब्रुङ, हाक्पारे साकेला,पालाम, माङलाङ येबालाङ र साम्लोका भाका गुञ्जिरहेको छ भने तिनै भाकामा सुर र ताल मिलाउँदै नाचिरहेका दृश्य प्रशस्तै भेटिन्छन् ।
मौलिकता झल्किने स्टलमा रैथाने परिकार सजाइएको भेटिन्छ । प्रदर्शनीमा डोको–डालो, नाङ्लो, हलो–जुवा र ठेकी– मदानीदेखि चौंठो हुँदै मान्द्रोलगायतका परम्परागत कृषियन्त्र सजाइएका छन् ।
पुस १० गतेयता फिदिम नगरपालिका–४ गढी क्षेत्रमा लागिरहेको चासोक मेला यी र यस्तै दृश्यले सूसज्जित छ । किरात समुदायले मनाउने उधौली पर्वका अवसरमा हरेक वर्ष पुस १० देखि २० गतेसम्म मेला लाग्ने गर्छ । मेला रैथाने संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित लगाउँदै आएको आयोजकको भनाइ छ । यो वर्ष इलाम, झापा, ताप्लेजुङ र तेह्रथुम मात्रै नभएर छिमेकी मुलुक भारतको सिक्किमबाट समेत मेला भर्न आइपुगेका छन् भने लगभग ४० हजारले मेला भरेको आयोजक सुम्जिरि सुम्हात्लुङ आम्बेपज संरक्षण प्रतिष्ठानका अध्यक्ष नन्द लावतीले बताए ।
![Originality reflected at the Chasok Fair [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/cashok-melako-ullas-21-0312026022600-1000x0.jpg&w=1001&h=0)
![Originality reflected at the Chasok Fair [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/cashok-melako-ullas-2-0312026022824-1000x0.jpg&w=1001&h=0)
![Originality reflected at the Chasok Fair [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/cashok-melako-ullas-1-0312026022821-1000x0.jpg&w=1001&h=0)