नयाँ वर्षको स्वागतमा सौराहामा रमाए पर्यटक [तस्बिरहरु]

क्रिसमससँगै सुरु भएको हात्ती महोत्सवको समयमा उल्लेखीय पर्यटक देखिए पनि नयाँ वर्षको अघिल्लो दिनमा भने उल्लेखीय पर्यटक नआएको व्यवसायी बताउँछन् ।

पुस १७, २०८२

राजु चौधरी

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

सौराहा, चितवन — अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकहरु रमाएका छन् । विगतका वर्षहरु भन्दा यसवर्षको ‘न्यू इयर इभ’मा उल्लेखीय पर्यटक देखिएनन् ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

क्रिसमससँगै सुरु भएको हात्ती महोत्सवको समयमा उल्लेखीय पर्यटक देखिए पनि नयाँ वर्षको अघिल्लो दिनमा भने उल्लेखीय पर्यटक नआएको व्यवसायी बताउँछन् । चितवनमा पाँच दिनदेखि लगातार अत्यधिक चिसो बढेकाले पनि पर्यटक चितवनमा नआएको हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

‘यसपटक अत्यधिक चिसोसँगै विभिन्न ठाउँमा राजमार्गमा भएका अवरोधले पनि सौराहामा नयाँ वर्षको स्वागतमा कम मान्छे देखिए, तर पछिल्लो सातायता सौराहा आउने पर्यटकको संख्यामा कमी देखिँदैन,’ क्षेत्रीय होटल संघ सौराहा चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले भने ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

उनका अनुसार नयाँ वर्षको अघिल्लो दिन सौराहाका होटलको अकुपेन्सी ६० प्रतिशतको हाराहारीमा रह्यो । जबकी हात्ती महोत्सवको बेला होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको थियो ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

नयाँ वर्षको स्वागतमा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले सांगीतिक कार्यक्रमसमेत राखेको थियो । त्यहाँ पनि नयाँ वर्षको स्वागत गर्न पुगेका पर्यटकहरु रमाएका थिए । युवा व्यवसायी इमेश खनाल पछिल्ला वर्षहरुमा विस्तारै सौराहामा पर्यटक देखिन थालेको बताए । उनले नयाँ वर्षको स्वागतमा उल्लेखीय पर्यटक नदेखिए पनि सन्तोषजनक रहेको बताए ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

सौराहामा पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज भ्रमण, सामुदायिक वनहरुमा हात्ती सफारी, जीप सफारी, जंगलवाक, डुंगा सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । सौराहामा १३० भन्दा बढी होटल र उत्तिकै संख्यामा रेष्टुरेन्टहरु रहेका छन् ।

Tourists rejoice in Sauraha to welcome the New Year [Photos]
Tourists rejoice in Sauraha to welcome the New Year [Photos]
Tourists rejoice in Sauraha to welcome the New Year [Photos]
Tourists rejoice in Sauraha to welcome the New Year [Photos]
Tourists rejoice in Sauraha to welcome the New Year [Photos]
Tourists rejoice in Sauraha to welcome the New Year [Photos]

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully