नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
काठमाडौँ — काठमाडौंको वसन्तपुरमा आज १३ औं टोपी दिवस मनाइएको छ । विभिन्न युवा संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस अन्य ठाउँमा पनि मनाइएको छ ।
‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
![Hat Day celebrated [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/dsc9282-0112026054705-1000x0.jpg&w=1001&h=0)
![Hat Day celebrated [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/dsc9272-0112026054703-1000x0.jpg&w=1001&h=0)