वर्ष २०२५ लाई बिदाइ र २०२६ को स्वागत गर्न आएका पर्यटकको चहलपहल बढेसँगै ठमेलका गल्ली, रेस्टुरेन्ट, क्लब र सडकहरू उज्याला बत्ती, संगीत र हर्षोल्लासले भरिएका छन् ।
काठमाडौँ — अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार साँझदेखि काठमाडौंको ठमेल उत्सवमय बनेको छ । वर्ष २०२५ लाई बिदाइ र २०२६ को स्वागत गर्न आएका आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै ठमेलका गल्ली, रेस्टुरेन्ट, क्लब र सडकहरू उज्याला बत्ती, संगीत र हर्षोल्लासले भरिएका छन् । नयाँ वर्षको स्वागतका लागि यहाँका सडक तथ क्लबहरूमा सांगीतिक कार्यक्रमसमेत राखिएका छन् ।
![English New Year's Eve celebrations in Thamel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/thamel-ny-eve-3-31122025045756-1000x0.jpg&w=1001&h=0)