आइतबार बिहानदेखि साँझसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा 'सीमापार सम्बन्धः आवश्यकता र सम्भावना', 'लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य' र 'पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता' विषयमा छलफल गरिएको थियो ।
लुम्बिनी — लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यसहित आयोजित तेस्रो न्युज फेस्टिवलको दोस्रो दिन सरोकारवालाले बृहत् छलफल गरेका छन् ।
आइतबार बिहानदेखि साँझसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा 'सीमापार सम्बन्धः आवश्यकता र संभावना', 'लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य' र 'पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता' विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालका ५० र भारतका ४० जना पत्रकारसहित पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, साहित्यकार र सरोकारवालको सहभागिता थियो ।
![This is what Lumbini's News Festival looked like [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-news-feastivalmanoj-photo9-28122025051136-1000x0.jpg&w=1001&h=0)
![This is what Lumbini's News Festival looked like [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-news-feastivalmanoj-photo3-28122025051256-1000x0.jpg&w=1001&h=0)