प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् ।
काठमाडौँ — गत भदौ २३ गते भएको जेन–जी युवा आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा आयोजना गरिएको हो । प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् ।
गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरु भएको जेन–जी युवा आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो । आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो ।
![The 'Unsung Voice' of Gen-G Youth [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/artexibitinfrontofparliamenthouse12282025dsc9098-28122025104836-1000x0.jpg&w=1001&h=0)
![The 'Unsung Voice' of Gen-G Youth [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/artexibitinfrontofparliamenthouse12282025dsc9114-28122025104926-1000x0.jpg&w=1001&h=0)