सेतो मच्छिन्द्रनाथको महास्नान [तस्बिरहरु]

सेतो मच्छिन्द्रनाथ मूर्तिको स्नानले देशमा अनिष्ट नहुने, सुख समृद्धि हुने धार्मिक विश्वास छ ।

पुस १३, २०८२

दीपेन श्रेष्ठ

The Great Bath of Seto Machhindranath [Photos]

काठमाडौँ — पुस शुक्ल अष्टमीका दिन आइतबार काठमाडौंको केलटोलमा रहेको प्रसिद्ध सेतो मच्छिन्द्रनाथलाई महास्नान गराइएको छ । मच्छिन्द्रनाथको मूल देवतालाई मन्दिरबाट बाहिर निकालेर डबलीमा राखिन्छ र मन्दिरका मूल पुजारीले विघ्नबाधा नहोस् भनी धार्मिक विधिपूर्वक पूजापाठ गरेपछि मूर्तिलाई लगाइदिएका कपडा फुकालिन्छ । त्यसपछि शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराउने परम्परा छ । त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआओस् भन्दै पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् ।

The Great Bath of Seto Machhindranath [Photos]

मच्छिन्द्रनाथको स्नानको क्रममा जीवित देवी कुमारीलाई बाजागाजा साथ वसन्तपुरको कुमारी घरबाट महास्नान हुने स्थानमा ल्याएर दर्शन गराउने चलन छ । स्नानपछि पुजारीले जीवित देवी कुमारीलाई प्रसाद ग्रहण गर्ने चलन छ ।

The Great Bath of Seto Machhindranath [Photos]

मच्छिन्द्रनाथ मूर्तिको स्नानले देशमा अनिष्ठ नहुने, सुख समृद्धि हुने धार्मिक विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीहरू आर्यावलोकितेश्वर करुणामय र हिन्दुहरू हरिहरका रूपमा, वैष्णवले नारायणका रूपमा पुज्ने गर्दछन् ।

The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]
The Great Bath of Seto Machhindranath [Photos]

दीपेन श्रेष्ठ

Link copied successfully