चिसो अत्याधिक बढेपछि कैलाली, कञ्चनपुरका केही स्थानीय तहहरुले विद्यालय बिदा दिएका छन् भने नियमित कामकाजमा समेत असर परेको छ । बाक्लाे हुस्सुसँगैकाे शीतलहरले सर्वसाधारणकाे दैनिकी प्रभावित भएकाे छ ।
कैलाली — कैलाली, कञ्चनपुरसहित तराईका जिल्लामा शीतलहरका कारण जनाजीवन प्रभावित बनेको छ । चिसो अत्याधिक बढेपछि केही पालिकाहरूले विद्यालय बन्द गरेका छन् भने नियमित कामकाजमा समेत असर परेको छ । बाक्लाे हुस्सुसँगैकाे शीतलहरले सर्वसाधारणकाे दैनिकी प्रभावित भएकाे छ । कैलाली, कञ्चनपुरमा पुस १ गतेदेखि नै शीतलहर सुरु भएको हाे । दिउँसो समेत कुहिरो नहटेपछि बालबालिका, जेष्ठ नागरिक र दैनिक ज्याला मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।
