Practitioners of 'body suspension' say it is not just a physical performance but a deeply personal and spiritual endeavor.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
If you're hearing about 'body suspension' for the first time, it might sound strange to you. Its practitioners describe it as more than just a physical performance, but as a deeply personal and spiritual practice. Body suspension involves suspending the body from a rope attached to a pole with hooks embedded in the skin.
जाफा र टिटा ब्राजिली नागरिक हुन् । शनिबार बिहानदेखि काठमाडौंको कीर्तिपुरमा उनीहरुले बडी सस्पेन्सन कार्यक्रममा सरिक भए । उनीहरुले जीउभरि ट्याटु खोपाएका छन् भने शरीरका विभिन्न अंगमा मुन्द्रीलगायतका चीजबीज जोडेर शरीरलाई नै क्यानभासजस्तो बनाएका छन् । उनीहरु आफ्नो रूपप्रति गर्व लाग्ने र बडी सस्पेन्सनको कला साझा गर्न संसारभर यात्रा गर्न मन पराउने बताउँछन् । यसैले त जाफाले पछिल्ला सात वर्षदेखि बडी सस्पेन्सन अभ्यास गर्दै आएका छन् भने टिटा पछिल्ला चार वर्षदेखि यसमा संलग्न छन् ।
प्राचीन आध्यात्मिक र सांस्कृतिक परम्परामा आधारित यस अभ्यासले सहनशीलता, रूपान्तरण र मन–शरीरबीचको गहिरो सम्बन्धको प्रतीकात्मक अर्थ बोक्ने उनीहरुले सुनाए । यस कार्यमा पीडा भएपनि यसलाई पीडाको कार्यभन्दा पनि प्रदर्शन कला र आत्म-अभिव्यक्तिको एक रूप भएको उनीहरुको कथन छ ।
दुवैले बडी सस्पेन्सनलाई ध्यानको एक रूपका रूपमा लिएको बताए । सस्पेन्सनका क्रममा आफूहरु गहिरो एकाग्रता र शान्तिको अवस्थामा प्रवेश गर्ने र त्यसबेला बाहिरी संसार ओझेलमा पर्ने उनीहरुले सुनाए । तर,आफ्नै शरीरसँग काम गर्नु सधैं सजिलो नहुने कुरा उनीहरू स्वीकार्छन् । कहिलेकाहीँ सस्पेन्सन अघि आफूहरु निकै 'नर्भस' महसुस गर्ने उनीहरुले बताए । त्यसका लागि अत्यधिक मानसिक शक्ति, विश्वास र सजगताको आवश्यकता पर्ने उनीहरु बताउँछन् । आफ्ना सीमाहरू अन्वेषण गर्न, आफ्नो कला व्यक्त गर्न र आफैंसँग अझ गहिरो रूपमा जोडिनका लागि यो निकै उपयोगी भएको उनीहरुको दाबी छ ।
![Body Suspension, where the human body becomes art [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bodysuspension20251220534-20122025035748-1000x0.jpg&w=1001&h=0)
![Body Suspension, where the human body becomes art [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bodysuspension20251220542-20122025035848-1000x0.jpg&w=1001&h=0)
![Body Suspension, where the human body becomes art [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bodysuspension20251220539-20122025035824-1000x0.jpg&w=1001&h=0)
![Body Suspension, where the human body becomes art [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bodysuspension20251220538-20122025035815-1000x0.jpg&w=1001&h=0)