बडी सस्पेन्सन, जहाँ मानव शरीर नै कला बनिदिन्छ [तस्बिरहरु]

'बडी सस्पेन्सन'का अभ्यासकर्ताले यसलाई शरीर प्रदर्शन मात्र नभएर गहिरो रूपमा व्यक्तिगत र आध्यात्मिक अभ्यासको प्रयास गरेको बताउँछन् ।

पुस ५, २०८२

सुर्याम्स उप्रेती

Body Suspension, where the human body becomes art [Photos]

कीर्तिपुर — 'बडी सस्पेन्सन'बारे पहिलो पटक सुन्दै हुनुहुन्छ भने तपाईंलाई पक्कै नौलो लाग्यो होला । यसका अभ्यासकर्ता यसलाई शरीर प्रदर्शन मात्र नभएर गहिरो रूपमा व्यक्तिगत र आध्यात्मिक अभ्यास गर्ने प्रयास बताउँछन् । बडी सस्पेन्सन कार्यमा मानव शरीरको छालामा हुक गाडेर शरीरलाई जमिनबाट माथि तुर्लुङ्ग पोलसहितका डोरीमा झुन्ड्याइन्छ ।

Body Suspension, where the human body becomes art [Photos]

जाफा र टिटा ब्राजिली नागरिक हुन् । शनिबार बिहानदेखि काठमाडौंको कीर्तिपुरमा उनीहरुले बडी सस्पेन्सन कार्यक्रममा सरिक भए । उनीहरुले जीउभरि ट्याटु खोपाएका छन् भने शरीरका विभिन्न अंगमा मुन्द्रीलगायतका चीजबीज जोडेर शरीरलाई नै क्यानभासजस्तो बनाएका छन् । उनीहरु आफ्नो रूपप्रति गर्व लाग्ने र बडी सस्पेन्सनको कला साझा गर्न संसारभर यात्रा गर्न मन पराउने बताउँछन् । यसैले त जाफाले पछिल्ला सात वर्षदेखि बडी सस्पेन्सन अभ्यास गर्दै आएका छन् भने टिटा पछिल्ला चार वर्षदेखि यसमा संलग्न छन् ।

Body Suspension, where the human body becomes art [Photos]

प्राचीन आध्यात्मिक र सांस्कृतिक परम्परामा आधारित यस अभ्यासले सहनशीलता, रूपान्तरण र मन–शरीरबीचको गहिरो सम्बन्धको प्रतीकात्मक अर्थ बोक्ने उनीहरुले सुनाए । यस कार्यमा पीडा भएपनि यसलाई पीडाको कार्यभन्दा पनि प्रदर्शन कला र आत्म-अभिव्यक्तिको एक रूप भएको उनीहरुको कथन छ ।

Body Suspension, where the human body becomes art [Photos]

दुवैले बडी सस्पेन्सनलाई ध्यानको एक रूपका रूपमा लिएको बताए । सस्पेन्सनका क्रममा आफूहरु गहिरो एकाग्रता र शान्तिको अवस्थामा प्रवेश गर्ने र त्यसबेला बाहिरी संसार ओझेलमा पर्ने उनीहरुले सुनाए । तर,आफ्नै शरीरसँग काम गर्नु सधैं सजिलो नहुने कुरा उनीहरू स्वीकार्छन् । कहिलेकाहीँ सस्पेन्सन अघि आफूहरु निकै 'नर्भस' महसुस गर्ने उनीहरुले बताए । त्यसका लागि अत्यधिक मानसिक शक्ति, विश्वास र सजगताको आवश्यकता पर्ने उनीहरु बताउँछन् । आफ्ना सीमाहरू अन्वेषण गर्न, आफ्नो कला व्यक्त गर्न र आफैंसँग अझ गहिरो रूपमा जोडिनका लागि यो निकै उपयोगी भएको उनीहरुको दाबी छ ।

Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]
Body Suspension, where the human body becomes art [Photos]

सुर्याम्स

Link copied successfully