महिना दिने कला प्रस्तुत गर्दै फर्किए हिमालयन हाब्रे सेन्टरका विद्यार्थी

नेपालको रेडपाण्डा नेटवर्क र भारतको आईबीटीआई नामक संस्थाले १८ महिनाको परियाेजना तयार गरेको छ । उनीहरुले अब नेपालमा क्रियाशील संरक्षण सम्बन्धी संस्थामा १० महिनासम्म काम गर्नेछन् ।

पुस ४, २०८२

आनन्द गौतम

Students of the Himalayan Habre Center returned with a monthly art performance

तालेजुङ — २१ जना साथीको टोलीसँगै काठमाडाैंबाट आएकी रितु बान्तवा राईलाई फुङलिङ नगरपालिका-९ हाङदेवा देउरालीमा रहेकाे फरक प्रकृतिको घर हिमालयन हाब्रे सेन्टरमा पुग्दा कति राम्रो भन्ने लाग्यो ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

महिना दिनसम्म उनले यो सेन्टरमा साथीहरूसँग एउटै हलमा संयुक्त रुपमा बसेर बिताइन् । एउटा हलमा पुरूष अर्को हलमा महिला थिए । पलंगमा सुत्नुपर्ने सबैका लागि अलग-अलग बिस्तरा । बिहान उठ्दा बिस्तराबाटै कञ्चनङ्घा, कुम्भकर्णलगायतका पर्वत शृङ्खलादेखि पहाडका टाकुरा देखिन्थे । चिया, खाना, खाजा खाने हल भूँइतलामा थियो । कार्यक्रम हल पनि अलग स्थानमा । पाँचथर घरभएकी उनले महिनादिन बसेर फर्कँदै गर्दा भने सबैलाई अचम्भित बनाइन् । जस्तो घरमा बसिन् उनले त्यस्तै घरको आकृति उतारेर प्रदर्शनमा राखिदिइन् ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

बिस्कुट र चाउचाउका काटुर्नलाई जोडेर उनले बनाएको दुरुस्तै प्रकृतिको घरको हरेकजसोले प्रशंसा गरे । संरक्षण सम्बन्धी विषयको अध्ययन भएकाले यसले संरक्षण क्षेत्रमा कस्तो सहयोग पुर्याउँछ भनेर दर्शकलाई प्रस्ट्याएकी थिइन् । भारतको आसाम तेजपुरबाट आएकी कृपा बोहराले रेडपान्डाका तस्बिरहरू बनाइन् । केही वर्षअघि मात्रै पाथीभरा क्षेत्रमा भेटिएका रेडपान्डाका बच्चालाई तस्बिरमा हेरेपछि उनले यसलाई कागजमा उतारेकी थिइन् । रेडपाण्डाले बस्न रुचाउने पतझड जंगलबाट सङ्कलन गरिन् । रेडपाण्डाले खानामा प्रयोग गर्ने मालिङ्गाका टुसा संकलन गरेर ल्याइन् र प्रदर्शनीस्थलमा राखिन् । उसको बासस्थानका लागि रुचिकर हुने रुखका टोड्काको आकृति बनाइन् । उनको महिनादिनको प्रगति हेर्न आउनेका लागि उनले तस्बिरमा देखाएर बुझिनेगरी प्रस्तुति पनि दिएकी थिइन् ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

पाँचथर नेपालकी रितु र आसाम भारतकी कृपा मात्रै नभएर हिमालयन हाब्रे सेन्टरमा बसेका २१ विद्यार्थीले एक महिनामा संरक्षण शिक्षामा झल्किने प्रस्तुति दिए । समापनका दिन सबै आआफ्नो देशको र आफ्नो समुदाय झल्कने पोशाकमा उपस्थित भएका थिए । उनीहरूको प्रस्तुति हेर्नका लागि उनीहरुले नै महिना दिनसम्म अन्तरक्रिया गरेका समुदायका मानिसहरु, विद्यार्थी, संरक्षणको क्षेत्रमा काम गर्ने ब्यत्ति भेला भएका थिए ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

रेडपाण्डा नेटवर्क र आईबीटीआईले संरक्षणमा इच्छुक र भविष्यमा यस सम्बन्धी काम गर्न चाहने विद्यार्थीका लागि फोलोसिपका लागि आवेदन मागेको थियो । फेलोसिपमा भारत असामका अनन्त पटिर, मालमपुरम केरलाका मोहम्मद फहिम, देहरादुन उत्तराखण्डका सौम्य राणा, मन्कर पश्चिम बङ्गालका अभि सेख, सिलिगुडी पश्चिम बंगालका सिम्रन प्रधान, सेनितपुर आसामका प्रतिमा मगर र बिसेन्ट पर्दुम, कृपा बोहरा तथा होमनाथ राजवंशी थिए । बंगलादेशका फेयरयुज अक्तर, भुटानकाे चिमुंगका टासिछिरिङ, वाङ्दु फोर्धाङका सोनाम दोर्जी, पुन्खाका किन्ले गेल्जेन, दावाखापारोका कर्म मिन्दु थिए भने काठमाडाैंका युनिसा भट्ट, ताप्लेजुङका विपना लिम्बू र पाँचथरका रितु वान्तवा राई थिए ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

महिनादिनको सिकाइ सार्वजनीकिकरण कार्यक्रममा हाब्रे सेन्टर परिसर झकिझकाउ बनाइएको थियो । नेपालको रेडपाण्डा नेटवर्क र भारतको आईबीटीआई नामक संस्थाले उनीहरुका लागि १८ महिनाको परियाेजना तयार गरेको रेडपाण्डा नेटवर्कका परियोजना संयोजक वाङ्चु भोटिया ले बताए । उनीहरुले अब नेपालमा क्रियाशील संरक्षण सम्बन्धी संस्थामा १० महिनासम्म काम गर्नेछन् ।

Students of the Himalayan Habre Center returned with a monthly art performance

त्यसपछि भने आफैले प्रोजेक्ट तयार गरेर आआफ्नो ठाउँमा वन्यजन्तुको बासस्थान, पुनर्स्थापना, समुदायसँगको सहकार्य जस्ता संरक्षण सम्बन्धी परियोजनाका काम गर्ने रेडपाण्डाका आउटडोर कोर्डिनेटर काठमाडाैंका निशान लिम्बूले जानकारी दिए । ताप्लेजुङमा रहँदासम्म भित्री देउराली सामुदायिक वन उपभोक्ता समिति र हिमाली संरक्षण मञ्चले समन्वय गरेको संरक्षण मञ्चका कार्यक्रम संयोजकक रमेश राईले बताए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully