यस्तो छ एमाले महाधिवेशनस्थल [तस्बिरहरू]

निर्वाचन कार्यतालिकाअनुसार बिहान १०:३० देखि १:३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुनेछ ।

मंसिर २९, २०८२

दीपक केसी

This is what the UML general convention venue looks like [Photos]

काठमाडौँ — एमालेको ११औँ राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदै छ ।

This is what the UML general convention venue looks like [Photos]

निर्वाचन कार्यतालिकाअनुसार बिहान १०:३० देखि १:३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।

This is what the UML general convention venue looks like [Photos]

मनोनयनपछि आजै दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २:३० देखि ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ । आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३:१० देखि ५:०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६:०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

This is what the UML general convention venue looks like [Photos]

निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

This is what the UML general convention venue looks like [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully