रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।
काठमाडौँ — शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । फ्लडलाइटमा पहिलो पटक भइरहेको फाइनल खेल हेर्न प्यारापीटको सबै टिकट बिक्री भएकोले रंगशाला भरिभराउ छ ।
टिकट काट्न नपाएकाहरू पनि कीर्तिपुर र त्रिभुवन विश्वविद्यालय हातामा पुगेका छन् । कतै टिकट पाइन्छ कि वा रुखमै चढेर हेर्न पाइन्छ कि भनेर रंगशालाको वरिपरि आएको बताइरहेका छन् ।

