बुधबार काठमान्डु गोर्खाज १ सय ११ रनमा अलआउट भएपछि लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्दै बिहीबार विराटनगर किंग्ससँग क्वालिफायर २ खेल्नेछ ।
काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ ।
पहिला ब्याटिङ गरेको काठमान्डु बुधबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जबाफमा आएको लुम्बिनीले १७.४ ओभरमै लक्ष्य पूरा गर्यो ।
खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको नियमीत विकेट झरिरह्यो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।
करणले पनि १ छक्का प्रहार गर्दै ९ रन जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेली १ छक्का प्रहार गरे । शाहव आलम ४ रनमा अविजित रहे ।
![NPL: Lumbini in Qualifier 2 [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/c7a9309kathmanduvslumbini-10122025032329-1000x0.jpg&w=1001&h=0)
![NPL: Lumbini in Qualifier 2 [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/c7a0039kathmanduvslumbini-10122025032437-1000x0.jpg&w=1001&h=0)
![NPL: Lumbini in Qualifier 2 [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/c7a9788kathmanduvslumbini-10122025032426-1000x0.jpg&w=1001&h=0)
![NPL: Lumbini in Qualifier 2 [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/c7a9727kathmanduvslumbini-10122025032415-1000x0.jpg&w=1001&h=0)