फूलचोकीबाट देखिएका मुस्कुराउँदा हिमाल [तस्बिरहरू]

फूलचोकी डाँडाबाट अन्नपूर्ण हिमशृंखलादेखि गौरीशंकर, लाङटाङ, गणेश, दोर्जे लाक्पा, सगरमाथा र सिसापाङमालगायत दर्जन बढी हिमाल देख्न सकिन्छ ।

मंसिर २०, २०८२

मनोज पौडेल

Smiling Himalayas seen from Phulkhoki [Photos]

काठमाडौँ — अचेल मौसम खुल्नासाथ काठमाडौं उपत्यका आसपास हिमाल मुस्कुराइरहेको देखिन्छ । उपत्यकाका घर–आँगन, बार्दली, जहाज र सवारीसाधनबाट आवतजावत गर्दा देख्दा सबै जना आल्हादित बन्छन् । अझ उपत्यकाको अग्लो फूलचोकी डाँडामा पुगेर आँखैअघि हिमाल देख्दा त सबै दंग पर्छन् ।

Smiling Himalayas seen from Phulkhoki [Photos]

फूलचोकी डाँडाको पश्चिम उत्तरी कुनाबाट पूर्वी उत्तरी कुनासम्म लहरै हिमाल देखिन्छन् । २ हजार ७ सय मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यकालाई झ्यालबाट हेरेजस्तै अवलोकन गर्न सकिन्छ । यहाँबाट उपत्यकाको दृश्य उत्तिकै मनमोहक देखिन्छ ।

Smiling Himalayas seen from Phulkhoki [Photos]

फूलचोकी डाँडाबाट अन्नपूर्ण हिमशृंखलादेखि गौरीशंकर, लाङटाङ, गणेश, दोर्जे लाक्पा, सगरमाथा र सिसापाङमालगायत दर्जन बढी हिमाल देख्न सकिन्छ ।

Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]
Smiling Himalayas seen from Phulkhoki [Photos]

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully