डी’आरसी शटले ४४ बलमा ५७ रन बनाएपछि लुम्बिनीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १ सय ४५ रनको लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो ।
काठमाडौँ — डी’आरसी शटको सानदार अर्धशतकमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारको खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस समावेश विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।
शटले ४४ बलमा ५७ रन बनाएपछि लुम्बिनीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा १ सय ४५ रनको लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो । ६ खेलमा तेस्रो विजय हात पार्दै लुम्बिनीले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । लुम्बिनी हाल चौथो स्थानमा छ ।
![Lumbini heads towards playoff journey after third win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplbiratnagarvslumbini-12-03122025030149-1000x0.jpg&w=1001&h=0)
![Lumbini heads towards playoff journey after third win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplbiratnagarvslumbini-19-03122025030240-1000x0.jpg&w=1001&h=0)