Kathmandu Gorkhaz moved closer to the playoffs by defeating Karnali Yaks by 5 wickets in NPL cricket on Sunday, thanks to brilliant batting from Gerhard Erasmus and John Simpson.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Kathmandu Gorkhaz moved closer to the playoffs after defeating Karnali Yaks by 5 wickets in the Nepal Premier League (NPL) cricket on Sunday, thanks to brilliant batting from Gerhard Erasmus and John Simpson.
इरसमस र सिम्पसनले ४५ बलमा ८६ रनको साझेदारी गरेपछि काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ५० रनको लक्ष्य १२ बल अगाडि १ सय ५५ रन बनाउँदै पुरा गरेको थियो । काठमान्डुलाई जितका लागि १ रन आवश्यक भएको समय सिम्पसन आउट भएका थिए । नन्दन यादवले अर्को बलमा त्यसपछि आएका रशिद खानलाई आउट गरेका थिए । २ बलपछि भीम सार्कीले छक्का प्रहार गर्दै विजयी रन बटुले ।
सिम्पसनले २१ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ४१ रन बनाए । प्लेयर अफ द म्याच इरसमसले ३३ बलमा अविजित ४३ रन बनाए । यूएईको आइएल टी २० खेल्न दुबई जान लागेका नामिबियाका कप्तान इरसमसले समान २ चौका र छक्का प्रहार गरे । आकाश त्रिपाठी ११ बलमा ८ रनमै आउट भए पनि काठमान्डुले पावर प्लेको पहिलो ६ ओभरमा ४६ रन जोडेको थियो । त्यसमा बेन चार्ल्सवर्थले कर्णालीका कप्तान सोमपाल कामीको एकै ओभरमा ३ छक्कासहित २० रन प्रहार गरेका थिए । चार्ल्सवर्थले २१ बल खेली २ चौका र ३ छक्कासहित ३४ रन बनाए ।
मिलिन्द कुमार १५ रनमा रनआउट भएपछि गम्भीर संकटमा परेको समयमा इरसमस र सिम्पसनले खुलेर खेलेका थिए । कर्णालीका नन्दनले ४ ओभरमा ३५ रन खर्चेर ३ र पवन सर्राफले १ विकेट लिए । काठमान्डुको यो लगातार तेस्रो जित हो । ६ खेलमा चौथो जित हात पारेपछि काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डुले विराटनगरलाई नेट रन रेटमा उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । कर्णालीले ५ खेलमा चौथो पराजय भोगेको हो । यसअघि गुलशन झाको आक्रामक इनिङ्सपछि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो ।
कर्णालीले निकै दयनीय सुरुआत गरेको थियो । कप्तान करण केसीले खेलको पहिलो बलमै प्रियांक पाञ्चाललाई कट एन्ड बोल्ड गरेका थिए । सोही ओभरको अन्तिम बलमा विलियम बोसिस्टो १ रनमा रनआउट भए । मार्क वाट र पवनले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । वाट पनि ३० रनमा रनआउट भए । उनले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरे । पवनलाई ३५ रनमा सन्तोष यादवले एलबीडब्लु आउट गरे । पवनले २९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । नाजिबुल्लाह जाद्रानले १४ बलमा १२ रनमात्र बनाउन सके । सोमपाल पनि ६ रनमै आउट भए । गुलशनले दीपक डुम्रेसँग २८ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे । दीपकले १२ बलमा १० रन बनाए । गुलशन ४९ रनमा अविजित रहे । उनले २२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे ।काठमान्डुबाट रशिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण, मिलिन्द र सन्तोषले १–१ विकेट लिए । करणले ४ ओभरमा २६, मिलिन्दले ४ ओभरमा २४ र सन्तोषले ३ ओभरमा २२ रन खर्चे ।
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkathmandugorkhasvskarnaliyaks11302025c7a0273-30112025022428-1000x0.jpg&w=1001&h=0)
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkathmandugorkhasvskarnaliyaks11302025c7a0514-30112025022827-1000x0.jpg&w=1001&h=0)
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkathmandugorkhasvskarnaliyaks11302025c7a0523-30112025022820-1000x0.jpg&w=1001&h=0)
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkathmandugorkhasvskarnaliyaks11302025c7a1241-30112025022706-1000x0.jpg&w=1001&h=0)
![NPL: Kathmandu's stunning win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplkathmandugorkhasvskarnaliyaks11302025c7a1140-30112025022659-1000x0.jpg&w=1001&h=0)