जनकपुरमा विवाह-उत्सव [तस्बिरहरू]

राजा जनककी छोरी सीताको अयोध्याका राजा दशरथका छोरा रामसँग जनकपुरमै विवाह भएको धार्मिक मान्यताअनुसार हरेक वर्ष मार्ग शुक्लपक्ष पञ्चमीका दिन विवाह–उत्सव मनाइन्छ । विवाहोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ ।

मंसिर १०, २०८२

अजित तिवारी

काठमाडौँ — त्रेतायुगमा राम र सीताबीच विवाह भएको धार्मिक मान्यताअनुसार मंगलबार जनकपुरमा हजारौंको सहभागितामा विवाह–उत्सव मनाइएको छ । राजा जनककी छोरी सीताको अयोध्याका राजा दशरथका छोरा रामसँग जनकपुरमै विवाह भएको धार्मिक मान्यताअनुसार हरेक वर्ष मार्ग शुक्लपक्ष पञ्चमीका दिन विवाह–उत्सव मनाइन्छ । विवाहोत्सवका लागि जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ ।

विवाह–उत्सवमा नेपाल, भारत र अन्य मुलुकका हजारौं सहभागी छन् । अयोध्याबाट सयौंको संख्यामा आएका जन्तीलाई जानकी मन्दिरमा स्वागत गरिएको छ । जन्तीमा भारतबाट साधुसन्त र सर्वसाधारण ठूलो संख्यामा जनकपुर आइपुगेका छन् । सातासम्म चल्ने राम–सीता विवाह महोत्सवमा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र अन्तिम दिन विवाह–उत्सव तथा रामकलेवा विधिपछि विवाह सम्पन्न हुन्छ । तस्बिर सौजन्य : अमरेन्द्रकुमार यादव

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully