परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने चलन छ ।
काठमाडौँ — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुधबार बुङमतीबाट पाटनको तःबहा (मच्छिन्द्रबहाल)मा स्थानान्तरण गरिएको छ । परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने चलन छ । गुठीका गुठियारहरूले तय गरेको विशेष साइतमा पूजापाठ सम्पन्न गरी गुरुज्यूको पल्टनले सलामी दिई त्यसपछि पुजारीहरुले सुरक्षाकर्मी र स्थानीय भक्तजनको उपस्थितिमा बाजागाजासहित मच्छिन्द्रनाथलाई खटमा बोकेर पाटनसम्म ल्याइएको थियो ।
![Rato Machhindranath brought from Bungmati to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ratomachindranath20251126157-26112025033547-1000x0.jpg&w=1001&h=0)