पछिल्लोक्रममा ब्याटिङका लागि आएका करणले ११ बलमा सर्वाधिक अविजित ३४ रन बनाएका थिए । उनले १ चौका र ४ छक्का प्रहार गरे । उनले १९ औं ओभरमा नामिबियाका तीव्र बलर ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गरेका थिए ।
काठमाडौँ — कप्तान करण केसीको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा दोस्रो विजय हात पारेको छ । टस हारेर ब्याटिङ थालेको गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा लुम्बिनी लायन्सविरुद्ध निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
