बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो [तस्बिरहरु]

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायत हिमश्रृंखला देख्न सकिन्छ ।

मंसिर ६, २०८२

सम्झना रसाइली

Domestic tourist influx in Bandipur [Photos]

काठमाडौँ — बन्दीपुरको सुस्ताएको पर्यटन पछिल्लो समय लयमा फर्कने थालेको छ । जेन–जी आन्दोलन पछि सुस्ताएको यहाँको पर्यटन सप्ताहन्त तथा बिदाका दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

Domestic tourist influx in Bandipur [Photos]

विभिन्न विद्यालय, संघ–संस्थाहरुको शैक्षिक भ्रमण र परिवारिक घुमफिरका लागि बन्दीपुर आउने गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । ‘दैनिक ५ सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गर्नुहुन्छ’, उनले भने, ‘अग्रिम बुकिङ गरी बाह्य पर्यटकहरु पनि आउनुहुन्छ । बिदाका दिनहरुमा बन्दीपुर बजार आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ ।’

Domestic tourist influx in Bandipur [Photos]

यस्तै, बन्दीपुर घुम्न आउने पर्यटकहरुका लागि व्यवसायीहरुले विभिन्न जातजातिका संस्कार संस्कृति झल्कने पोसाक राखेका उनले बताए । ‘विभिन्न जातजातिका पोसाक लगाएर युवायुवतीहरु बजार लगायतका आसपासका क्षेत्रहरूमा तस्बिर तथा भिडियो बनाउने गर्छन्’, उनले भने, ‘यसले पनि पर्यटकलाई थप आकर्षण गरेको पाएका छौं ।’

Domestic tourist influx in Bandipur [Photos]

पछिल्ला वर्षहरूमा बन्दीपुर आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा परेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका अध्यक्ष धनश्याम उपाध्यायले बताए । ‘अहिलेका मानिसहरु कमाउने र रमाउने प्रवृतिका हुन्छन्’, उनले भने, ‘सफा र सुन्दर वातावरण, पुरानो नेवारी बस्ती र नजिकको गन्तव्य भएकाले बन्दीपुर पर्यटकको रोजाइमा पर्न थालेको छ ।’

Domestic tourist influx in Bandipur [Photos]

बन्दीपुरमा पर्यटन आकर्षणका लागि थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ ।

Domestic tourist influx in Bandipur [Photos]

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी लगायतका हिमश्रृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ ।

Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]
Domestic tourist influx in Bandipur [Photos]

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully