हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार बुधबार मात्र ६ हजार बढीले हलेसीको दर्शन गरेका छन् । नेपाललगायत विभिन्न मुलुकका तीर्थालुले हलेसीको दर्शन गरेका हुन् ।
खोटाङ — प्रसिद्ध हलेसीमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्नेको घुइँचो लागेको छ । बुधबार बिहानैदेखि हजारौं तीर्थालु हलेसीमा शतबीज छर्न घुइँचो लागेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार बुधबार मात्र ६ हजार बढीले हलेसीको दर्शन गरेका छन् ।
नेपाललगायत विभिन्न मुलुकका तीर्थालुले हलेसीको दर्शन गरेका हुन् । बालाचतुर्दशी, रामनवमी, शिवरात्रिको बेला शिवलिङ्ग पहिराउने गरिन्छ । बुधबार बिहान साड ७ बजे शिवलिङ्ग पहिराइएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङ, हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष गजुरमान राई, पूजारी गोपाल गिरीलगायतले पहिराएका हुन् ।
पितृ मोक्षलगायत मनोकांक्षा पूरा हुने विश्वासमा रातभर जाग्राम बसी बिहान शतबीज छर्ने चलन छ । यसअघि दैनिक २५ सयको हाराहारिमा तीर्थालुले दर्शन गर्ने गरेका छन् । गत वर्ष नेपालसहित चीन, भारत, भुटान, अमेरिका, जापान, श्रीलंका, अट्रेलिया, मलेसियालगायत विभिन्न मुलुकका गरी करिब सात लाख तीर्थालुले हलेसीको दर्शन गरेको गिरीले सुनाएका छन् । गत वर्ष पूजा व्यवस्थापन खर्च कटाएर करिब ६० लाख भेटी संकलन भएको गिरीले सुनाएका छन् ।
पछिल्लो समय तीर्थालुको संख्या बढेको छ । प्रचारप्रसार, यातायातको सुविधालगायतका कारण हलेसीमा तीर्थालुको संख्या बढेको हो । ‘गत वर्ष सात लाख तीर्थालुले हलेसीको दर्शन गर्नुभयो,’ गिरीले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा गत वर्षको तुलनामा तीर्थालुको संख्या बढ्ने देखिएको छ ।’हिन्दूहरूको आरदेव हलेश्वर महादेव, बौद्धहरूको गुरु पद्मसम्भवले आयुको आरधना गरेको ठाउँ र किरातीहरूको उद्गमस्थलको रूपमा हलेसीलाई चिनिन्छ ।
![Crowds of people sowing chaste seeds in Halesi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo12-19112025041508-1000x0.jpg&w=1001&h=0)
![Crowds of people sowing chaste seeds in Halesi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo8-19112025041639-1000x0.jpg&w=1001&h=0)
![Crowds of people sowing chaste seeds in Halesi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo5-19112025041627-1000x0.jpg&w=1001&h=0)
![Crowds of people sowing chaste seeds in Halesi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo3-19112025041616-1000x0.jpg&w=1001&h=0)