पूर्वी नेपालमा चासोक तङनामको रौनक [तस्बिरहरु]

ताप्लेजुङमा याक्थुम चुम्लुङको आयोजनामा सदरमुकाम फुङलिङमा सोमबार र्‍याली शुभकामना आदानप्रदान लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

मंसिर १, २०८२

आनन्द गौतम

The splendor of Chasok Tangnam in Eastern Nepal [Photos]

ताप्लेजुङ — पूर्वी नेपालका किरात समुदायले मनाउने चासोक तङनाम अर्थात ‘न्वागी पर्व’ प्रारम्भ भएको छ । प्रकृति पूजकहरुले नयाँ पाकेको अन्न बाली प्रकृति रुपी भगवान्‌लाई चढाएर मात्रै खानुपर्ने भएकाले मंसिर १ गतेको दिनबाटै न्वागी खान सुरु गरिएको याक्थुङ चुम्लुङका अध्यक्ष हाङमाया लेछर्वो लिम्बूले बताइन् । यही प्रचलन अनुसार सामूहिक रुपमा मनाएर यो पर्व प्रारम्भ गरिएको उनले बताइन् ।

The splendor of Chasok Tangnam in Eastern Nepal [Photos]

४२ प्रतिशत लिम्बू समुदायको बसोबास रहेको ताप्लेजुङमा याक्थुम चुम्लुङको आयोजनामा सदरमुकाम फुङलिङमा सोमबार र्‍याली शुभकामना आदानप्रदान लगायतको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा यालाङ, केलाङ, धान नाच, च्याब्रुङ नाच, हाक्पारे लगायतका प्रस्तुति भए । लिम्बू समुदायको विशेष पर्व भन्दै फुङलिङ नगरपालिकाले सोमबार सार्वजनीक बिदा पनि दियो । संघीय र प्रदेश सरकारले भने मंसिर १८ गतेका लागि बिदा दिएका छन् । ताप्लेजुङमा पाँच वर्षदेखि मंसिर १ गतेकै दिन याक्थुङ चुम्लुङले र धान्ने पूर्णिमाको दिन किरात याक्थुङ चुम्लुङले चासोक मनाउँदै आएका छन् ।

The splendor of Chasok Tangnam in Eastern Nepal [Photos]

संघीय सरकारले दिएको बिदा ढिलो गरी हुने र नयाँ अन्न खान थालिसकेको हुनाले प्रकृति रिसाउलान् भनेर मंसिर १ गतेको दिनलाई नै न्वागी खाने दिनको रुपमा मनाउन थालिएको याक्थुङ चुम्लुङ अध्यक्ष हाङमायाले बताइन् । याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जसबहादुर लिम्बूका अनुसार यतिबेला धान, कोदो, मास, मस्यामलगायतका बाली ठिक्क पाकेर ढिकुटीमा लगाएको र कसैले लगाउने तयारीको बेला रहेको छ । यतिबेला मनाए साँच्चै नयाँ बाली प्रकृतिलाई चढाएर मात्रै खान मिल्छ । ‘खाएर मनाउनु त भएन नि,’ जसबहादुरले भने, ‘साँच्चै नयाँ बाली चढाएर खाउँ भनेर मंसिर १ लाई रोजेका हौं ।’

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully