धान काट्ने, काटेको परालसहितको धान (जसलाई निहिन भनिन्छ) लाई खेतमै सुकाउने, सुकेको निहिन उठाएर धान/पराल छुट्याउने तथा धान ढिकुटीमा र पराल खोल्मामा यात माच बनाएर राख्ने फुङलिङ-७ का किसान अगन्धर गौतम बताउॅछन् ।
ताप्लेजुङ — सिंचाइ अभावका कारण मुस्किलले धान खेती लगाएका पूर्वी नेपालका किसान यतिबेला धानबाली भित्र्याउने ध्याउन्नमा छन् । मौसम अनुकूलतालाई हेरेर धान भित्र्याउने चटारोमा रहेकाहरु टाउकामा बिटा बोक्ने, लाठे मान्छेले बिटा झार्ने अनि नाङ्लोले भुस उडाएर घर भित्र्याउने काम गरिरहेका छन् ।
तराईमा जस्तो थ्रेसर, यातायतको सुविधा नभएकाले श्रममा सक्रिय हुनुपरेको फुङलिङ नगरपालिका-७ का जीवन पालुङ्वा बताउॅछन् । असार/साउन र कात्तिक/मंसिर महिनालाई किसानले मानो खाएर मुरी भित्र्याउने समयको रुपमा लिने उनले बताए । धान काट्ने, काटेको परालसहितको धान (जसलाई निहिन भनिन्छ) लाई खेतमै सुकाउने, सुकेको निहिन उठाएर धान/पराल छुट्याउने तथा धान ढिकुटीमा र पराल खोल्मामा यात माच बनाएर राख्ने फुङलिङ-७ का किसान अगन्धर गौतम बताउॅछन् ।
ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाबाहेकका सबै वडामा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार ताप्लेजुङमा ५ हजार ६ सय ६६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । समयमा वर्षा नहुँदा यस वर्ष ४ हजार ७ सय ९७ हेक्टर अर्थात् ८४.६ प्रतिशतमा मात्रै रोपाइँ भएको थियो । गत वर्ष ९८.५ प्रतिशतमा रोपाइँ भएको थियो ।
![Farmers rush to import rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-10-15112025015925-1000x0.jpg&w=1001&h=0)
![Farmers rush to import rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-1-15112025015909-1000x0.jpg&w=1001&h=0)
![Farmers rush to import rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-4-15112025015819-1000x0.jpg&w=1001&h=0)