मनै लोभ्याउने माथिल्लो ताप्लेजुङ [तस्बिरहरू]

नेपाली भाषाभन्दा तिब्बती भाषा प्रस्ट बोल्ने याङमावासीसँगको साक्षात्कार, याङमा बस्तीको जनजीवन, बस्तीमाथि रहेको सुन्दर छेर्चेन ताल, याक र चौंरीको बथानसहितको दृश्यले यहाँ पुग्ने जोकोहीको थकान मेटाउँछ ।

कार्तिक २२, २०८२

हेमराज निरौला

The captivating Upper Taplejung [Photos]

ताप्लेजुङ — छ–सात वर्षयता माथिल्लो ताप्लेजुङको भ्रमणपछि महसुस भइरहेको छ– ताप्लेजुङ वास्तवमै एउटा भूगोल मात्र नभई प्रकृतिले फुर्सदमा रचना गरेको कृति हो ।

छेर्चेन ताल । तस्बिर : हेमराज निरौला
छेर्चेन ताल । तस्बिर : हेमराज निरौला

काठमाडौंबाट ताप्लेजुङ फर्किएपछि सुरुवातको भ्रमण तिम्बुङ पोखरी थियो । सिधिङ्वा गाउँपालिकामा रहेको ४३५० को उचाइको तिम्बुङ यात्राले लेकयात्राको मोह जगाइसकेको थियो । तिम्बुङपछि गुमनाम रहेका अन्य पोखरीको खोजी–खोजी प्रचार गर्ने उद्देश्यले ताप्लेजुङकै मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला र लोदेनका ६० वटा बढी पोखरी, जो कतै देखिएका थिएनन्, तिनीहरूलाई देखाउने प्रयत्नले ४ वर्ष अगाडि सुरु भएको 'लोदेन प्रचार अभियान' सम्पन्न भएपछि अहिले लोदेनलाई पूर्वी भेगमा परिचित गराउन सकिएको छ ।

छेर्चेन ताल । तस्बिर : हेमराज निरौला
छेर्चेन ताल । तस्बिर : हेमराज निरौला

लोदेनको प्रसिद्धिले दिलाएको आडमा माथिल्लो ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको छेर्चेन तालप्रति नजर परिसकेको थियो । ४००० मिटर माथिको प्राकृतिक सम्पदालाई प्रचार गर्न फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला माथिको ४७०० मिटरको उचाइको सिन्जेमा तालबाट 'अप्पर ताप्लेजुङ भ्रमण दशक'को औपचारिक आह्वानपछि पहिलो कार्यक्रमको रुपमा जन्मियो ।

कञ्चनजङ्घा रुट र नाङ्गोला पास छुट्ने फले बस्ती । तस्बिर : हेमराज निरौला
कञ्चनजङ्घा रुट र नाङ्गोला पास छुट्ने फले बस्ती । तस्बिर : हेमराज निरौला

समुन्द्री सतहबाट ४१०० मिटर उचाइमा अवस्थित छ याङमा बस्ती । जो एक समय तिब्बतसँगको परम्परागत व्यापारको बस्तीको रूपमा परिचित थियो । १४ घर परिवारको हिमाली शेर्पा बस्ती याङमा, कञ्चनजङ्घाको उत्तरी आधार बस्ती घुन्सा/फले, याङमा र टिप्ताला नाकाको आधार बस्ती ओलाङ्चुङगोलाको कनेक्टिभिटी, ट्रेकिङको महत्त्वपूर्ण मानिएको घुन्सा/फलेबाट नाङ्गोला पास,याङमा बस्ती, छेर्चेन ताल हुँदै ओलाङ्चुङगोलासम्मको गुमनाम रुटको डेटाबेस संकलन, डकुमेन्ट्रीको छायांकन गर्दै याङमा पुगेपछि नेपाली भाषाभन्दा तिब्बती भाषा प्रस्ट बोल्ने याङमावासीसँग साक्षात्कार भयो । याङमा बस्तीको जनजीवन, बस्तीमाथि रहेको सुन्दर छेर्चेन ताल, याक र चौंरीको बथानसहितको दृश्यले यहाँ पुग्ने जोकोहीको थकान मेटाउने रहेछ ।

तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला

उच्च हिमाली भेगमा बसेका याङ‌मा बासी नेटको पहुँच बाहिर छन् । आलु खेती परम्परागत रुपमा खेती गरिन्छ यहाँ । मान्छे खासै आउँदैनन् । आउनेलाई घर प्रवेश गर्नु अगाडि र बिदा भएर जाँदै गर्दा सम्मानस्वरुप खादा लगाएर स्वागत र बिदाइ गर्छन् ।

नाउरको बथान । तस्बिर : हेमराज निरौला
नाउरको बथान । तस्बिर : हेमराज निरौला

कोरोना कालपछि बन्द छ–नजिकको नाका टिप्ताला । मुख्य कारोबार हुने याक र चौंरी नबिकेपछि जम्मा १४ घर रहेको याङ‌मावासी बसाईं सरेर बाँकी रहेका ९ घरका याक र चौंरी उसै खर्कमा चरिरहेका हुन्छन् । हरेक घरमा ६० भन्दा बढी याक र चौंरी छन् । नाका खुल्ने हो भने एउटा याकको मूल्य १ लाखदेखि १ लाख ६० हजारसम्म पर्ने रहेछ । 'नाका खुल्नेबित्तिकै याक चौंरी बेचेर हामी काठमाडौं जान्छ सर' याङमाका स्थानीय नाम्ग्याल शेर्पाले सुनाए, 'पर्यटनको प्रचुर सम्भावना भए पनि मान्छे आउँदैन सर ।'

तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला

याङमा बस्तीमा बहुपति विवाह संस्कार अझै कायमै छ । एकाघरको दाजुभाइको साझा श्रीमती भएको संस्कार यहाँ अझै देख्न सकिन्छ ।

तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला
तस्बिर : हेमराज निरौला

हेमराज

Link copied successfully