शताब्दीयौंदेखि निरन्तर पूजाआजा हुँदै आएको यो शक्तिपीठ सुदूरपश्चिमका नौ भगवतीमध्ये एक प्रमुख धार्मिक गन्तव्य हो ।
डडेलधुरा — डडेलधुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा लागेको ‘देहीजात’ बुधबार भव्य रूपमा सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मंगलबार राति लाग्ने ‘रतेडी’ र त्यसको भोलिपल्ट आज पूर्णिमाको दिन लागेको ‘दिउँसेडी’ मेलासँगै देहीजात समापन भएको हो ।
शताब्दीयौंदेखि निरन्तर पूजाआजा हुँदै आएको यो शक्तिपीठ सुदूरपश्चिमका नौ भगवतीमध्ये एक प्रमुख धार्मिक गन्तव्य हो । मेलामा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँबाट देवीको डोलीसहित ‘देउरो’ मन्दिरमा ल्याएर खेलाइएको थियो ।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध देहीजातका रूपमा परिचित उग्रतारा मेलामा यस वर्ष पनि सुदूरपश्चिमलगायत भारतका विभिन्न क्षेत्रबाट भक्तजन आएका थिए । श्रद्धालु मात्र नभएर विभिन्न स्थानका व्यापारीहरूले पनि मेलाका अवसरमा व्यापारिक स्टलहरू राखेका थिए ।उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले यस वर्ष मेलामा एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहेको बताए ।
![Devotees crowd the hills at the Ugratara Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ugra-4-05112025055703-1000x0.jpg&w=1001&h=0)
![Devotees crowd the hills at the Ugratara Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ugra-05112025055714-1000x0.jpg&w=1001&h=0)
![Devotees crowd the hills at the Ugratara Mela [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/ugra-2-05112025055709-1000x0.jpg&w=1001&h=0)