पाटनमा कात्तिक नाचको रौनक [तस्बिरहरू]

कात्तिक नाचकै क्रममा सोमबार राति नरसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइयो

कार्तिक १८, २०८२

सुर्याम्स उप्रेती

The splendor of Kartik dance in Patan [Photos]

काठमाडौँ — पाटन दरबार क्षेत्रमा लोकप्रसिद्ध कात्तिक नाच देखाइएको छ । कात्तिक १७ गतेदेखि ऐतिहासिक कात्तिक नाच देखाउन सुरु गरिएको हो । कात्तिक नाचकै क्रममा सोमबार राति नरसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइएको हो । मंगलबार दधि लीलासँगै कात्तिक नाच सम्पन्न हुने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

The splendor of Kartik dance in Patan [Photos]

नाचमा नरसिंह अवतारमा नृत्य गर्नेले दैत्यको वध तान्त्रिक विधिबाट गरिन्छ । ब्यूँझाउने पनि तान्त्रिकबाट नै हुन्छ । नरसिंह भएर नृत्य गर्ने तन्त्र जपेर नृत्य गरेका हुन्छन् । यसका लागि नुहाइधुवाई गरेर चोखो भई उपवास बस्नुपर्छ । दैत्यलाई ब्यूँझाउने भूमिका तलेजुका पुजारीले गर्छन् । नरसिंह नाचमा कृष्ण मन्दिरका पुजारीले अभिनय गर्ने चलन छ ।

The splendor of Kartik dance in Patan [Photos]

सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ मा यो नाचको प्रचलन सुरु गराएको संस्कृतिविद् बताउँछन् । सुरुमा ८ दिन देखाइने यो नाच मल्लका छोरा श्रीनिवासले लोक नाटक बा:थ:प्याँख थपेर १५ दिन पुर्‍याएका थिए । पछि फेरि श्रीनिवासका छोरा योगनरेन्द्रले माधवनर र उषाहरण गरी १५ दिन थपेर कात्तिक महिनाभरी नाच देखाउने प्रचलन बसाएको बताइन्छ ।

सुर्याम्स

Link copied successfully