काठमाडौं उपत्यकामा कालो टाउके गंगाचिलको बथान [तस्बिरहरू]

उत्तरी ध्रुवमा चिसो बढेपछि चराहरू दक्षिण एसियातर्फ बसाइँ सर्ने गर्छन् । यो प्रवासी चराको बथान बसाइँसराइका क्रममा काठमाडौं आइपुगेको हो ।

कार्तिक १७, २०८२

हेमन्त श्रेष्ठ

A flock of black-headed gulls in the Kathmandu Valley [Photos]

काठमाडौँ — कालो टाउके गंगाचिल (ब्ल्याक हेडेड गल) काठमाडौं उपत्यकाका खोला, तलाउमा पनि देखिएका छन् । कुपोन्डोल-थापाथलीस्थित बागमती नदी वरपर यस चराको बथानै देखिएको हो ।

A flock of black-headed gulls in the Kathmandu Valley [Photos]

चरा संरक्षणकर्मीहरूका अनुसार चिल प्रजातिको यो चरा युरोप, एसिया र उत्तर एसियामा पाइन्छ । उत्तरी ध्रुवमा चिसो बढेपछि चराहरू दक्षिण एसियातर्फ बसाइँ सर्ने गर्छन् । यो प्रवासी चराको बथान बसाइँसराइका क्रममा काठमाडौं आइपुगेको हो ।

A flock of black-headed gulls in the Kathmandu Valley [Photos]

हिउँद सुरु हुनुअघि चितवन र कोशी क्षेत्रमा कहिलेकाहीँ यो चरा देखिने गरे पनि काठमाडौंमा यसरी बथानै देखिनु सम्भवतः पहिलो पटक भएको संरक्षणकर्मी बताउँछन् ।

A flock of black-headed gulls in the Kathmandu Valley [Photos]

कानको पछाडि कालो दागजस्तो देखिने यो चराको शरीर सेतो, खैरोखैरो पखेटा तथा चुच्चो र खुट्टा भने रातो हुन्छ । ससाना माछा, किराफट्यांग्रा र फोहोरका खानेकुरा यसको आहारा हो।

A flock of black-headed gulls in the Kathmandu Valley [Photos]
A flock of black-headed gulls in the Kathmandu Valley [Photos]
A flock of black-headed gulls in the Kathmandu Valley [Photos]
A flock of black-headed gulls in the Kathmandu Valley [Photos]
A flock of black-headed gulls in the Kathmandu Valley [Photos]
A flock of black-headed gulls in the Kathmandu Valley [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully