झ्याल–ढोका, टेबल–कुर्सी लगायतका दैनिक प्रयोगमा आउने सामाग्री नष्ट भएका छन् । इमाडोल क्षेत्रमा खानेपानीको पनि अभाव छ । प्रहरीहरूले ट्याङ्कीमा ल्याइएको पानी सरसफाइ र अन्य प्रयोजनका लागि प्रयोग गर्छन् ।
काठमाडौँ — जेन-जी प्रदर्शनको क्रममा भदौ २४ गते आगलागी हुँदा ललितपुरस्थित प्रहरी प्रभाग, इमाडोलको भवन पूर्ण रूपमा क्षति भएको थियो । प्राविधिकहरूले भवन बस्न योग्य छैन भनेपछि ललितपुरका अन्य प्रहरी कार्यालय बन्दै गर्दा यहाँ पुन: निमार्णको काम भएको छैन । अन्य स्थानको भन्दा यहाँ खटिएको प्रहरीहरूको समस्या गम्भीर छ।
‘जलेको कार्यालय सडक छेउमै छ । ठूला गाडी गुड्दा भवन नै हल्लिन्छ,’ प्रहरी प्रभाग इमाडोलमा कार्यरत एक प्रहरी जवानले भनिन्, ‘भवनमा झ्याल–ढोका छैनन् । ट्वाइलेट प्लास्टिकको बार लगाएर प्रयोगमा ल्याएका छौँ।’झ्याल–ढोका, टेबल–कुर्सी लगायतका दैनिक प्रयोगमा आउने सामाग्री नष्ट भएका छन् । इमाडोल क्षेत्रमा खानेपानीको पनि अभाव छ । प्रहरीहरूले ट्याङ्कीमा ल्याइएको पानी सरसफाइ र अन्य प्रयोजनका लागि प्रयोग गर्छन् । ‘ड्रमहरू समेत जले । त्यसैले किनेको पानी भण्डारण गर्न समस्या भएको छ,’ एक प्रहरीले भने, ‘ पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता छ । बसाइ अत्यन्त अस्तव्यस्त भएको छ।’
उनका अनुसार हावा र वर्षाको छड्के पानी झ्याल–ढोकाबाट सजिलै छिर्छ । सरसफाइपछि प्राविधिकले नबस्न भएको भवनकै कोठालाई प्रहरीले अस्थायी ब्यारेकको रूपमा प्रयोग गरिरहेका छन् । यहाँ कार्यरत ३९ जना प्रहरीका लागि यो बाध्यता हो । उनीहरूले अन्य विकल्प नहुँदासम्म यही जोखिम भवनमै बसेर भए पनि जनसेवामा कमी हुन दिएका छैनन् । नयाँ स्थान नपाइएसम्म उनीहरू यहीँबाट सेवालाई निरन्तर सञ्चालन गर्ने बताउँछन् ।तर, प्रहरीलाई यो भवनबाट आफ्नोसँगै आफूसँग भएको हातहतियारको सुरक्षा गर्न समेत चुनौती भएको छ । भवन क्षतिग्रस्त भएपछि फाइल तथा अभिलेख सुरक्षित राख्न पनि कठिनाइ भएको प्रहरीहरूले बताएका छन् । उजुरीका लागि आउने सेवाग्राहीहरूलाई समेत असहज हुने गरेको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार महालक्ष्मी नगरपालिकाले सो भवनको स्वामित्व लिएर नयाँ भवन निर्माण गर्ने योजना अघि बढाएको छ । हाललाई प्रहरीलाई कुनै सार्वजनिक भवन वा भाडाको घरमा राख्ने तयारी भइरहेको र समस्या चाँडै समाधान हुने उनको विश्वास छ ।महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष छिरिङ लामाले आफ्नो वडाभित्र रहेको प्रहरी कार्यालय भएकाले जिम्मेवारी लिँदै नयाँ संरचनाको डीपीआरको काम यही महिनामा सक्ने गरेर लागि परेको बताए ।
![Office burned down, public services did not stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/imadolpolicestation10302025j2a9345-copy-02112025035603-1000x0.jpg&w=1001&h=0)
![Office burned down, public services did not stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/imadolpolicestation10302025j2a9538-copy-02112025035750-1000x0.jpg&w=1001&h=0)
![Office burned down, public services did not stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/imadolpolicestation10302025j2a9535-copy-02112025035743-1000x0.jpg&w=1001&h=0)
![Office burned down, public services did not stop [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/imadolpolicestation10302025j2a9499-copy-02112025035737-1000x0.jpg&w=1001&h=0)