Hundreds of farmers are struggling to dry their wet rice after the rain stopped and the sun came out.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
After four days of rain, the farmers of Palpa are busy drying their harvested rice after the sun came out on Sunday. The farmers of Palpa, who were preparing to cultivate the rice, are busy drying the stalks, bundles, and piles of rice harvested due to the unseasonal rain.
पाल्पाको अन्नभण्डार माडी फाँटका किसान यज्ञबहादुर कुमालले बेमौसमी वर्षाले काटेका धान दुई–चार दिन सुकाएर थ्रेसर (कम्बाइन) लगाउने योजना बनाउँदा–बनाउँदै पानी परेपछि समस्या पारेको बताए । तर चार दिन झरी लागेपछि काटेको धान पसारिएको छ । ‘पानीले कमाकिएर काटेर खेतमै रहेका धान हकुवा भएको छ,’ उनले भने, ‘खान पनि मिल्ने हो वा होइन भन्ने चिन्ता लागेको छ ।’
झरी रोकिएर घाम लागेपछि भिजेको धान सुकाउन कुमाल मात्र होइन, सयौँ किसानलाई भ्याइनभ्याइ भएको छ । पहिला खेताला लगाएर भिजेको धान फर्काउने, एक–दुई दिन सुकाएपछि मात्र मुठा पारेर थ्रेसर लगाउनुपर्ने उनले बताए । काटेको धान थ्रेसर लगाउन नपाएपछि खेतमै भिजेर उम्रिने अवस्थामा पुगेको माडी फाँटका किसान गोमती कुमालले बताइन् । उनका अनुसार भिजेको धानको चामल रातो हुन्छ । गन्हाउने भएकाले खान मिलेन भने बंगुरलाई दाना बनाउनुपर्ने अवस्था आउने किसानको गुनासो छ ।
‘काटेर थ्रेसर लगाउने तयारी गरेका कतिपयले त्रिपालले ढाकेर राखे,’ माडी फाँटमै धानका पाँजा पल्टाएर सुकाउँदै गरेका किसान सुमन अस्लामीले भने, ‘अधिकांशको स्याहार्ने ठाउँसमेत छैन, त्यसैले पानी तर्काउने बाहेक अर्को उपाय भएन ।’ जिल्लाका अर्गली, माडी फाँट, कालीगण्डकी बेँसी, रामपुर, अरुणखोला, कचल, झडेवा, निस्दी खोला लगायतका स्थानमा काटेको धान भिजेको छ । जिल्लामा साउन १५ मा रोपेका बाहेक अधिकांशको धान पाकेर पहेलपुर भएको थियो । मौसम प्रतिकूल भएका कारण नकाटेका धानलाई भने केही भए पनि राहत मिलेको छ ।
काटिसकेका किसानको धान वर्षाले बिगारेको बगनासकाली–२ का किसान खुमन कुमालले बताए । काटिसकेको धान मात्र नभई पराललाई समेत असर गरेको उनले बताए । ‘कतिपय किसानले हतार–हतारमा उठाउन खोजे पनि धान, पराल र व्यवस्थापनमा पानीले समस्या निम्त्यायो,’ उनले भने । सिँचाइ कुलो अभाव र पर्याप्त आकाशे पानी नपर्दा समेत पाल्पामा यस वर्ष धान रोपाइँ कम भएको थियो । धान खेती हुने भू–भागमध्ये ९४ प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लाको रामपुर नगरपालिकाको रामपुर, खालीवन, गेझा, दर्छाका विभिन्न भागमा पछि रोपेकाले धान काटिसकेका छैनन् ।
![The sun is shining, farmers drying wet rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-sukaun-busy-12-02112025092821-1000x0.jpg&w=1001&h=0)
![The sun is shining, farmers drying wet rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-sukaun-busy-16-02112025092847-1000x0.jpg&w=1001&h=0)
![The sun is shining, farmers drying wet rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-sukaun-busy-15-02112025092841-1000x0.jpg&w=1001&h=0)
![The sun is shining, farmers drying wet rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-sukaun-busy-14-02112025092835-1000x0.jpg&w=1001&h=0)
![The sun is shining, farmers drying wet rice [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhan-sukaun-busy-13-02112025092827-1000x0.jpg&w=1001&h=0)