नारायणी नदी किनारबाट सूर्यलाई दिइयो अर्घ [तस्बिरहरू]

तराई सामुदायिक सेवा समितिले चितवनमा छठ पूजाको व्यवस्थापन गर्दै आएको छ ।

कार्तिक ११, २०८२

रमेशकुमार पौडेल

Argha offered to the Sun from the banks of the Narayani River [Photos]

चितवन — उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ समापन भएको छ । मंगलबार बिहान सबेरै नारायणगढको नारायणी नदी किनारमा अर्घ दिनेहरुको घुइँचो लागेको थियो ।

Argha offered to the Sun from the banks of the Narayani River [Photos]

सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकाहरु मंगलबार बिहानै छठका लागि नदी किनारमा भेला भइसकेका थिए । टेन्ट टाँगेको र बत्तीको उज्यालोले सजिएको नदी किनारमा कोही रातभर जाग्राम बसेका थिए ।

Argha offered to the Sun from the banks of the Narayani River [Photos]

तीन दिनअघि खरनाको दिन शुद्ध भोजन गरेर व्रत बसेकाहरुले आजबाट बल्ल छठको प्रसाद लिन सुरु गर्छन् । गहुँको पिठोको विशेष परिकार ठेकुवा रोटी छठको मुख्य प्रसाद हो । तराई सामुदायिक सेवा समितिले चितवनमा छठ पूजाको व्यवस्थापन गर्दै आएको छ । समिति २०४८ सालमा स्थापना भएको हो ।

Argha offered to the Sun from the banks of the Narayani River [Photos]

६० को दशकको सुरुवातदेखि चितवन र खास गरेर नारायणगढ नारायणी नदी किनारमा अर्घ दिनेहरु बढ्न थालेका भएका हुन् । नारायणीसँगै चितवनको पदमपुरको खगेरीखोला, खैरहनीका ताल तलैया, रत्ननगरको बुढीराप्ती किनार, माडीका विभिन्न खोलामा पनि छठ पूजा हुने गरेको छ । मिथिला क्षेत्रमा धुमधामले माइने छठ पर्व पछिल्ला वर्षमा मिथिलावासीको जहाँ बसोबास छ, त्यहीँ उल्लाहासका साथ मनाउन थालिएको छ ।

Argha offered to the Sun from the banks of the Narayani River [Photos]
Argha offered to the Sun from the banks of the Narayani River [Photos]
Argha offered to the Sun from the banks of the Narayani River [Photos]
Argha offered to the Sun from the banks of the Narayani River [Photos]
Argha offered to the Sun from the banks of the Narayani River [Photos]
Argha offered to the Sun from the banks of the Narayani River [Photos]

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully