छठ पर्वका लागि सजाइएको वीरगन्ज–१२ स्थित मूर्ली छठ घाट साँझमा धपक्कै बलेको छ ।
काठमाडौँ — पछिल्लो केही वर्षयता वीरगन्जका छठ घाटहरु आकर्षक रुपमा सजाउने अघोषित प्रतिस्पर्धा नै चलेकोजस्तो देखिन थालेको छ । यसै क्रममा छठ पर्वका लागि सजाइएको वीरगन्ज–१२ स्थित मूर्ली छठ घाट शनिबार साँझ धपक्कै बलेको छ । आकर्षक पन्डाल, फूल र विद्युतीय साजसज्जाले घाटको सन्ध्याकालीन दृश्य आकर्षक र मनमोहक बनाएको छ । यस वर्ष पनि मूर्लीघाट छठ पूजा व्यवस्थापन समितिले करिब १० लाख रुपैयाँ घाटको व्यवस्थापनमा लगानी गरेको छ ।
![The shocking Moorlighat [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/3-25102025031321-1000x0.jpg&w=1001&h=0)