यो पर्वमा आवश्यक पर्ने सामग्री किनमेल गर्न राजविराजमा श्रद्धालुको भीड लागेको छ भने अहिले राजविराज बजार पनि पर्वको सामग्रीले भरिभराउ छ ।
राजविराज — विशिष्ट सांस्कृतिक र भाइचाराको महत्व बोकेको छठ पर्व शनिबारबाट विधिवत रुपमा सुरु भएको छ । धार्मिक परम्पराअनुसार चतुर्थी तिथिमा ‘नहाय–खाय’ गरी सुरु भएको छठ पर्व चार दिनसम्म मनाइन्छ ।
यो पर्वमा आवश्यक पर्ने सामग्री किनमेल गर्न राजविराजमा श्रद्धालुको भीड लागेको छ भने अहिले राजविराज बजार पनि पर्वको सामग्रीले भरिभराउ छ । छठ पर्वमा नांलो, कोनिया, ढक्की, माटोको हात्ती, फलफूल, केरा, सख्खर, मूला, गाँजर, लौका, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, उखू, लड्डु, खाजा मिठाइ, ठेकुआ, भुसवा, खजुरीया, पेरुकिया लगायतका सामग्री आवश्यक पर्छ ।
![Rajbiraj Bazaar filled with Chhath festival supplies [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/8-25102025024515-1000x0.jpg&w=1001&h=0)
![Rajbiraj Bazaar filled with Chhath festival supplies [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/4-25102025024538-1000x0.jpg&w=1001&h=0)