धर्नामा सहभागीहरुले ‘जेन–जीका माग पूरा गर’, ‘सहिदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘सहिदहरुको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
काठमाडौँ — जेन–जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन–जी सम्मेलन गर्न माग गरेको छ । जेन–जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेन–जी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए । यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेन–जी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
धर्नामा सहभागीहरुले ‘जेन–जीका माग पूरा गर’, ‘सहिदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘सहिदहरुको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवारको पनि सहभागिता थियो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरुले धर्ना दिएका हुन् ।
![Jane's sit-in at Maitighar: Don't forget the blood of the martyrs [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/genzprotestatmaitighar045-24102025124852-1000x0.jpg&w=1001&h=0)
![Jane's sit-in at Maitighar: Don't forget the blood of the martyrs [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/genzprotestatmaitighar039-24102025124914-1000x0.jpg&w=1001&h=0)