आकर्षक पन्डाल, फूल र बत्तीको झिलिमिलीसहितको साजसज्जाले घाटको रात्रिकालीन दृश्य आकर्षक र मनमोहक हुन्छ ।
वीरगन्ज — छठ पर्वमा मधेश श्रद्धा र आस्थामा चुर्लुम्म डुब्छ । छठ पर्व नजिकिएसँगै यहाका छठ घाटहरूको सरसफाइ र साजसज्जाको अघोषित प्रतिस्पर्धा नै चल्छ । छठ पर्वको सन्दर्भमा बर्सेनि चर्चामा आउँछ वीरगन्जको घडिअर्वा छठ घाट ।
आकर्षक पन्डाल, फूल र बत्तीको झिलिमिलीसहितको साजसज्जाले घाटको रात्रिकालीन दृश्य आकर्षक र मनमोहक हुन्छ । यस वर्ष पनि घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले करिब २५ लाख रुपैयाँ खर्चेर घाट व्यवस्थापन र साजसज्जा गरेको जनाएको छ । प्रारम्भिक चरणमा सजाइएको यो घाटको पूर्ण साजसज्जा शनिबार रातिसम्म सम्पन्न हुने समितिका उपाध्यक्ष आत्माराम गुप्ता बताउँछन् ।
![Ghadiarwa Ghats in a state of shock for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhath-ghadiarwa-7-23102025041847-1000x0.jpg&w=1001&h=0)
![Ghadiarwa Ghats in a state of shock for Chhath [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/chhath-ghadiarwa-6-23102025041839-1000x0.jpg&w=1001&h=0)