हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा बिहीबार बिहानैदेखि चहलपहल छ ।
काठमाडौँ — काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेले याे मन्दिरमा गएर टीका लगाउने गर्छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा बिहीबार बिहानैदेखि चहलपहल छ ।
