Nhudaya Bhintuna Rally in Besisahar [Photos]

The rally featured a procession, a Takatuke dance, and musical instruments such as the Dhime and Jhyali were played. Children and the elderly from all the Guthis of the Newar community in Besisahar participated in the rally.

kartik 5, 2082

aash gurung

Nhudaya Bhintuna Rally in Besisahar [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Krishnaman Shrestha, who came from America, dressed up in traditional attire early in the morning. He reached Manange Chautara on Wednesday morning along with Yagya Narayan Shrestha of Administration Chowk, Besisahar Municipality-8.

Nhudaya Bhintuna Rally in Besisahar [Photos]

केहीबेरमा एक हुल युवतीहरू आफ्नै मौलिक पोसाकसहित जम्मा भए । त्यसपछि सुरु भयो ‘न्हुदँया भिन्तुना’ र्‍याली । मनाङे चौताराबाट बाजागाजासहित सुरु भएको र्‍याली बजारको मुख्य सडक भएर नारायणस्थान चोकबाट प्रशासन चोक हुँदै क्याम्पस रोडबाट लमजुङ उद्योग वाणिज्य संघको भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भयो ।नेवार समुदायले न्हुदँया (नयाँ वर्ष) को अवसरमा भिन्तुना (शुभकामना) आदानप्रदान गरे । उनीहरूले खाजाको परिकार समयबजीमा चिउरा, भट्टा, अण्डा, मासु, माछा, आलु, झिलिंगा, गुन्द्रुक लगायत पर्छ) लाई ऐला (घरायसी मदिरा), दही लगायतसपिहत पाहुनालाई खुवाए, आफू पनि खाए । 

Nhudaya Bhintuna Rally in Besisahar [Photos]

शुभकामना साटासाट गर्दै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले चाडबाडले नेपाली संस्कृतिको जगेर्ना गर्नुका साथै भातृत्व कायम गर्न मद्दत पुगेको दाबी गरे । अगुवा रामकुमार श्रेष्ठले संस्कृति हस्तान्तरण मुख्य चुनौती रहेको भन्दै यसमा नेवार समुदायले पहल थालेको जानकारी दिए । नेवा मिसा दवुकी अध्यक्ष शान्ति श्रेष्ठले विदेशिएका आफन्तहरूसमेत फर्किएर मनाएको चाडबाडले परिवार र समुदायमा खुसी छाएको बताइन् । 

Nhudaya Bhintuna Rally in Besisahar [Photos]

र्‍यालीमा जात्रा देखाइनुका साथै टाकटुके नाच प्रदर्शन गरिएको थियो । यस्तै, नेवारी धिमे, झ्याली बाजा बजाइएको थियो । र्‍यालीमा बेंसीसहरमा भएका नेवार समुदायका सबै गुठी (समाज)बाट बालबालिकादेखि वृद्धवृद्धासम्मका सहभागी थिए ।बेंसीसहर नेवा खलःका अध्यक्ष बालचन्द्र श्रेष्ठले पहिले परिवारबीच मनाइने यो चाड पछिल्लो समय सवै गुठी मिलेर मनाउने गरिएको छ । ‘सबैजना एक ठाउँमा जम्मा भएर मनाइने चाडबाडले यसको महत्त्व बढ्दै गएको छ’ उनले भने । नेपाल संवत्‌ले समुदायलाई एकसूत्रमा बाँधेको उनले दाबी गरे ।

Nhudaya Bhintuna Rally in Besisahar [Photos]

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋण मोचन गरी  नेपाल संवत्‌को सुरुवात गरेको खुसीयालीमा झाँकीसहित र्‍याली निकालेर एक ठाउँमा जम्मा भई न्हुदँया (नयाँ वर्ष) को अवसरमा भिन्तुना (शुभकामना) आदानप्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।

Nhudaya Bhintuna Rally in Besisahar [Photos]
Nhudaya Bhintuna Rally in Besisahar [Photos]
Nhudaya Bhintuna Rally in Besisahar [Photos]
Nhudaya Bhintuna Rally in Besisahar [Photos]
Nhudaya Bhintuna Rally in Besisahar [Photos]
Nhudaya Bhintuna Rally in Besisahar [Photos]

aash

Link copied successfully