विपिनको शवयात्रादेखि महाकालीमा अन्त्येष्टिसम्म [तस्बिरहरु]

मंगलबार बिहान घरबाट हजाराैंकाे सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएकाे थियाे ।

कार्तिक ४, २०८२

भवानी भट्ट

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

कञ्चनपुर — मंगलबार बिहानैदेखि आफन्त, छिमेकी र स्थानीय घरमा भेला हुन थालेका थिए । प्यालेस्टिनी लडाकु समूह हमासको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बिचपुरीका विपिन जोशीको शव सोमबार अबेर साँझ घरमा पुर्‍याइएको थियो । बिहान ८ बजेतिर घरबाट शवयात्रा सुरु भयो । शवयात्रा सुरु हुँदा घरमा रुवाबासी चल्यो । आमा पदमा, बहिनी पुष्पा र बुवा महानन्द देखि आफन्तहरू सबै रुन थाले । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

अगाडी प्रहरीको गाडी, बिचमा शव वाहन र पछाडी मलामीहरु । बिचपुरी टोलबाट महेन्द्रनगर बसपार्कसम्म शव काँधमा बोकेर पुर्‍याइयो । त्यसपछि शव वाहनमा राखेर महाकाली नदी किनार भुजेला घाटसम्म पुर्‍याइयो । शव यात्रालाई बाटोमै रोकेर स्थानीय श्रद्धाञ्जलीसँगै अगरबत्ती दिइरहेका थिए । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

महाकाली किनारमा सशस्त्र प्रहरीको टुकडीले शोक सलामी दिएपछि विपिनको चितामा दागबत्ती दिइएको हो । बुवा महानन्द देखि ठुलो बुवा लगायतले दागबत्ती दिएका हुन् । त्यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झन्डा ओढाए भने इजरायली दूतावासका कर्मचारीले इजरायली झन्डा ओढाए । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

शवयात्रामा नेपालका लागि इजरायली राजदूत स्मुलिक इराई बाससहित दूतावासका कर्मचारीहरू सहभागी थिए । यसै गरी पुर्व परराष्ट्रमन्त्री एनपी साउद, विघटित प्रतिनिधिसभाका सदस्य तारालामा तामाङल लगायता स्थानीय तहका जनप्रतिनिधिहरूसमेत शवयात्रामा पुगेका थिए । 

शवयात्रामा पुगेका सबैको अनुहार मलिन देखिन्थे । महाकाली बगरमा सबै शवको अवस्था, परिवारको अवस्था आदीबारे चासो व्यक्र गरिरहेका थियो । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

दुई वर्षदेखि हमास समूहले बन्धक बनाएको विपिनको गत सोमबार मृत्यु भएको पुष्टि भएको थियो । हमास समूहले सोमबार नै इजरायललाई शव हस्तान्तरण गरेको हो । शव हस्तान्तरण गरेको एक सातापछि सोमबार काठमाण्डौं पुर्‍याइएको थियो भने काठमाडौंबाट नेपाली सेनाका स्काई ट्रकमा धनगढी पुर्‍याइएको थियो । त्यसपछि धनगढी उपमहानगरपालिकाको शव वाहनबाट सोमबार अबेर साँझ घरमा पुर्‍याइएको हो । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरु दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका हुन् । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर आफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । तर कुन समयमा भन्ने उल्लेख छैन । 

From Bipin's funeral procession to his burial in Mahakali [Photos]
From Bipin's funeral procession to his burial in Mahakali [Photos]

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully