आहा ! फालेलुङ [तस्बिरहरु]

मौसम खुलेसँगै केही दिनयता पाँचथरको फालेलुङ गाउँपालिकाका उच्च पहाडी र हिमाली भेग साँच्चिकै रमाइलो बनेका छन् ।

कार्तिक ४, २०८२

लक्ष्मी गौतम

Ah! Falelung [Photos]

पाँचथर — वरिपरि हरिया चौर, उत्तरमा अग्ला हिमश्रृंखला अनि डाँडा थुम्कामा घाम तापेर उघ्राइरहेका चौँरी । सूर्योदय अघि र सूर्यास्तपछि चल्ने सिरेटो घाम झुल्केसँगै न्यानोपनामा परिणत हुँदा यहाँ आइपुगेका जोकोही घर र गोठ बाहिर निस्कन्छन् । पारिपट्टि चाँदीझैं टल्किइरहेका हिमाल हेर्छन्,चौरमा घुम्छन्,फोटो भिडियो खिच्न अनि चौँरी र तीनका प्रजातिसँग रमाउँछन् जिस्कन्छन् र मज्जा लिन्छन् ।

Ah! Falelung [Photos]

पछिल्ला केहीदिनयता पाँचथरको फालेलुङ गाउँपालिकाका उच्च पहाडी र हिमाली भेगमा साँच्चिकै रमाइलो बनेको छ ।

Ah! Falelung [Photos]

‘वर्षायाम पछि दसैँमासमेत नखुलेको मौसम यतिखेर यहाँ सफा छ । बाढी पहिरोपश्चात ठप्प भएको मान्छेको आउजाउ छिटफुट सुरु भयो,यो बेला फालेलुङ आइपुग्ने जो कोही भरपुर मनोरञ्जन र स्वर्गीय आनन्द लिएर फर्किन पाउँछन् ।’ फालेलुङ–४ का फिपराज लिम्बूले भने । हिमालमा हिउँ पर्न थालेसँगै उच्च पहाडी भूभागको वातावरण साँच्चिकै रमाइलो हुन्छ । विगत वर्षहरुमा यो सिजन फालेलुङका गोठ र घर सँगै होमस्टे र लज खचाखच हुन्थे । यो वर्ष प्रतिकुल मौसमका कारण पर्याप्त पर्यटक आउन सकेका छैनन् । भारतको पश्चिम बंगाल र नेपालको पाँचथर क्षेत्रबाट डाँडा उक्लिएका मानिस यहाँ मस्त रमाइरहेका भेटिन्छन् ।

Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]
Ah! Falelung [Photos]

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully