लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा (भाईटीका)का लागि आवश्यक सामग्री किनमेल गर्न भक्तपुरका स्थानीय स्तरका बजारमा बिहानदेखि भिड लागेको छ ।
भक्तपुर — तिहार लागेसँगै भक्तपुरका बजारमा तिहारको चहलपहल बढेको छ । आज बिहान कुकुर पूजा गरी साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ । लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा (भाईटीका)का लागि आवश्यक सामग्री किनमेल गर्न भक्तपुरका स्थानीय स्तरका बजारमा बिहानदेखि भिड लागेको छ ।
भक्तपुर नगरपालिकाको दत्तात्रय, सुकुलदोका, पसिखेल, तमाःरी, गहिःती, नासमना, बंशगोपाल, कमलविनायक तथा सूर्यविनायक चोक, मध्यपुर थिमी नगरपालिकाको बालकुमारी मन्दिर प्रंगण, हात्तिमहांकाल, बाखाबजार, शंखधरचोक लगाएका बजारमा चहलपहल बढेको हो ।
![With the onset of Tihar, the hustle and bustle of Bhaktapur's markets has increased [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/566513951792971890174892412760462918966619n-20102025072808-1000x0.jpg&w=1001&h=0)
![With the onset of Tihar, the hustle and bustle of Bhaktapur's markets has increased [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/56597324515971052050519126199210352792448959n-20102025072820-1000x0.jpg&w=1001&h=0)