टिमले आइतबार पहिलो पटक दशरथ रंगशालामा अभ्यास गरेको थियो । नेपालको पहिलो खेल इरानविरुद्ध शुक्रबार छ भने अर्को खेल त्यसपछिको सोमबार भारतविरुद्ध हुनेछ ।
काठमाडौँ — तिहारलगत्तै नेपाली राष्ट्रिय महिला फुटबल टिम भारत जाँदैछ र त्यहाँ खेल्नेछ, दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल । यी दुवै खेल सिलोङमा हुनेछन् । टिमका मुख्य प्रशिक्षक रहेका छन्, नवीन न्यौपाने । उनले पहिलो पटक नेपाली महिला राष्ट्रिय टिम सम्हाल्न लागेका हुन् ।
त्यसअगाडि उनले पुरुषको राष्ट्रिय टिममा मुख्य प्रशिक्षकको भूमिका भने निभाइसकेका छन् । न्यौपानेले २३ सदस्यीय टिम घोषणा पनि गरिसकेका छन् । यो घोषणालगत्तै टिमले आइतबार पहिलो पटक दशरथ रंगशालामा अभ्यास गरेको थियो । नेपालको पहिलो खेल इरानविरुद्ध शुक्रबार छ । अर्को खेल त्यसपछिको सोमबार भारतविरुद्ध हुनेछ ।
यसपल्टको टिममा दुई नयाँ अनुहार थपिएका छन्, मीना देउवा र पूर्णिमा राई । दुवैले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका हुन् र सम्भवतः नेपालका लागि डेब्युको अवसर पनि पाउने छन् । यसक्रममा टिमबाट केही पुराना अनुहार भने हटेका छन् ।
घोषित टिममा गोलरक्षकमा एन्जिला सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । यस्तै, डिफेन्डरमा हिरा भुजेल, पूजा राना, विमला विक, मनयामा दमाई, निशा थोकर, प्रतीक्षा चौधरी र समीक्षा घिमिरे छन् । यस्तै, मिडफिल्डरमा सरु लिम्बू, सविता रानामगर, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, अनिता बस्नेत र सजनी थोकर छन् ।
![Women's football team practices ahead of international friendly match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/womenfootballtrainning10192025j2a8071-copy-19102025014659-1000x0.jpg&w=1001&h=0)
![Women's football team practices ahead of international friendly match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/womenfootballtrainning10192025j2a8222-copy-19102025014814-1000x0.jpg&w=1001&h=0)
![Women's football team practices ahead of international friendly match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/womenfootballtrainning10192025j2a8215-copy-19102025014807-1000x0.jpg&w=1001&h=0)
![Women's football team practices ahead of international friendly match [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/womenfootballtrainning10192025j2a8180-copy-19102025014800-1000x0.jpg&w=1001&h=0)