Shouldn't we go to the rock garden? [Photos]

Those who come to visit the Halesi Mahadev Temple often do not return without setting foot in this place.

kartik 1, 2082

Bimal Khatiwoda

Shouldn't we go to the rock garden? [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Can a garden be made of stones? You may be surprised. But it is possible. There are not just stones around. They are full of skill and talent.

Shouldn't we go to the rock garden? [Photos]

चिसो याममा छिनमै कुहिरो, छिनमै घाम लागिरहन्छ । जता हेर्‍यो, उतै हरिया पहाड । मौसम खुलेपछि पारि देखिने सगरमाथा लगायतका हिमशृंखलाले मन आह्लादित बनाउँछ । तलतिर हेर्दा हलेसी बजार आफ्नै शैलीमा मग्न छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा निर्माण गरिएको हो यो 'ढुंगे बगैंचा' । किराँत भाषामा बुङालुङ, घुम्न आउनेहरुका लागि सजिलो नाम ‘रक गार्डेन’ । प्रकृतिको यो शान्त ठाउँमा पर्यटक आउने क्रम बढिरहेको छ ।

Shouldn't we go to the rock garden? [Photos]

१ हजार ७ सय मिटर उचाइमा रहेको यो ठाउँमा अहिले आन्तरिक पाहुनाको भिड बढ्दो छ । कोही अग्ला पहाडमाथि उभिएर भिडियो, फोटो खिच्न व्यस्त हुन्छन् त कोही हलेसी बजारलाई पृष्ठभूमि बनाएर टिकटक बनाउन प्रतिस्पर्धा गरिरहेझैं भेटिन्छन् । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि तराईका फाँटसम्म देखिन्छन् । परिवारै मिलेर घुम्न आउने जमात पनि बाक्लो छ । हलेसी महादेव मन्दिरको दर्शन गर्न आउनेहरु प्रायः यस ठाउँमा पाइला नटेकी आफ्नो गन्तव्य तय गर्दैनन् । मन्दिरभन्दा केही माथि रहेको माल्खुबाट पैदल १५ मिनेटमा यो ठाउँमा पुगिन्छ ।

Shouldn't we go to the rock garden? [Photos]

हलेसी त्रिधार्मिक स्थलका रुपमा चिनिएको छ । जहाँ हिन्दु, किराँत र बौद्ध तीनवटै धर्मको संगमस्थल रहेको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउँछन् । ‘अहिले हलेसी मन्दिरसँगै घुम्ने अर्को ठाउँका रुपमा रक गार्डेन थपिएको छ,’ उनले भने, ‘नगरपालिकाका जनप्रतिनिधिको पहिलो कार्यकाल २०७४ सालमा रक गार्डेन नामकरण गरेर यस ठाउँमा पर्यटन विकासका कार्यक्रम सुरु गरिएको थियो ।’ दोस्रो पटक चयन भएर आएका जनप्रतिनिधिको कार्यकालमा फाउन्टिङ, गोलपार्क, फोटो खिच्ने फ्रेम, ठाउँ–ठाउँमा बस्नलाई पार्क बनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई यस ठाउँसम्म ल्याएर नगरपालिकाको आन्तरिक आम्दानी बढाउन थप प्रयास गरिरहेको गिरी बताउँछन् । 'त्यहीअनुसार पर्यटकमैत्री काम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘यसलाई भाडामा सञ्चालन गर्न दिने निकायको छनोटका लागि ठेक्का आह्वान गरिसकेका छौं ।’

Shouldn't we go to the rock garden? [Photos]

रक गार्डेनमा किराँत धर्म संस्कारअनुसार चिन्डो बनाइएको छ । जहाँ बसेर पर्यटकले फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । त्यस्तै बालबालिकाका लागि चिल्ड्रेन र ज्येष्ठ नागरिकका लागि शारीरिक व्यायामका साधन राखिएका छन् । हलेसी मन्दिर आसपास बस्नेहरु सबेरै उठेर यो ठाउँमा पैदल पुग्छन् । ‘रक गार्डेन’ करिब तीन सय रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले यसलाई घेराबारा गरेर व्यवस्थित गर्न थालिएको छ । यो ठाउँसम्म पुग्न बाटोको समस्या थियो । अहिले रक गार्डेन जान सजिलो हुनेगरी ढलाने सडक बनिरहेको छ । सडक बनाइसकेर सिँढी निर्माण हुने प्रवक्ता गिरीले बताए । 

Shouldn't we go to the rock garden? [Photos]

नगरपालिकाका अनुसार वार्षिक ७ लाख हाराहारी भक्तजन हलेसी महादेवस्थानको दर्शन गर्न आउँछन् । ‘नेपालका प्राय: सबै जिल्लाबाट भक्तजन आउनुहुन्छ,’ प्रवक्ता गिरीले भने, ‘भारत, भुटान, बंगलादेश, चीन, अमेरिका, थाइल्यान्डलगायत मुलुकबाट पनि बर्सेनि पाहुनाहरु आइरहनुभएको छ, यसरी आउने पाहुनालाई पनि रक गार्डेन घुमाउने वातावरण बनाइरहेका छौं ।’ साउनको सोमबार दर्शन गर्न आउने धार्मिक पर्यटकको हलेसीमा घुइँचो लाग्छ । हलेसी महादेव मन्दिरले गर्दा नै आज करिब ३ सय हाराहारी होटल तथा रेस्टुरेन्ट खुलेको गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका धार्मिक पर्यटकीय दृष्टिकोणले धनी रहेको  उनले सुनाए ।

Shouldn't we go to the rock garden? [Photos]
Shouldn't we go to the rock garden? [Photos]
Shouldn't we go to the rock garden? [Photos]
Shouldn't we go to the rock garden? [Photos]

Bimal

Link copied successfully