यसरी बनाइन्छ माटाका पाला [तस्बिरहरु]

तिहारमा लक्ष्मी पुजाको साँझ घर-घरमा दीपावली गर्न आवश्यक माटाका पाला, कलश, धुपौरो, सुकुन्दा लगायतका सामग्री बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ ।

आश्विन ३०, २०८२

सुन्दर शिल्पकार

This is how clay pots are made [Photos]

काठमाडौँ — तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडाकुँडा बनाउन चटारो छ । तिहारमा लक्ष्मी पुजाको साँझ घर-घरमा दीपावली गर्न आवश्यक माटाका पाला, कलश, धुपौरो, सुकुन्दा लगायतका सामग्री बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ ।

This is how clay pots are made [Photos]

यही टोलका रोशन प्रजापतिको दैनिकी पनि उही छ। 'अहिलेलाई हाम्रो आम्दानीको मुख्यश्रोत यही हो। तर कच्चा पदार्थको अभाव छ,' उनले भने, 'हामीलाई माटोको अभावका कारण पाला बनाउन समस्या भइरहेको छ। यही अवस्थाको निरन्तरता हुने हो भने हामी कुनै दिन यो पेसा गर्न सक्ने अवस्थामा हुने छैनौँ।' उनले विगतमा सित्तैमा पाइने कालीमाटी यति बेला हरिसिद्धि र उपत्यका बाहिरका जिल्लाहरूबाट खरिद र ढुवानी गरेर ल्याउनुपर्ने अवस्था रहेको बताए।

This is how clay pots are made [Photos]
This is how clay pots are made [Photos]
This is how clay pots are made [Photos]
This is how clay pots are made [Photos]
This is how clay pots are made [Photos]
This is how clay pots are made [Photos]

सुन्दर शिल्पकार

Link copied successfully